हरि अधिकारीद्वारा लिखित ‘संकलित गद्यरचना’ लोर्कापण
काठमाडौं ।
कवि तथा लेखक हरि अधिकारीद्वारा लिखित ‘संकलित गद्यरचना’को शनिबार राजधानीमा लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकार धुव्र सापकोटाले कृतिको विमोचन गर्दै नेपाली गद्य साहित्यका लागि अधिकारीको कृति महत्वपूर्ण दस्तावेज भएको टिप्पणी गरे ।
अधिकारीको लेखन कलालाई आफूले धेरै पहिलेबाट चिनेको प्रसङ्ग उल्लेख गर्दै सापकोटाले लालित्यपूर्ण भाषामा लेखिएका उनका लेखहरूबाट नयाँ पुस्ताले धेरै कुरा सिक्नसक्ने बताए । समालोचक शरच्चन्द्र वस्तीले अधिकारीको लेखनशैली उच्चकोटीको रहेको भन्दै कृतिमा सङग्रहित सबै रचनाहरूको विशिष्ट महत्व रहेको बताए । इतिहासका पात्रहरूको सजीव चित्रणले कृतिलाई पठनीय बनाएको उनले बताए ।
साहित्यकार धुव्र मधिकर्मीले कुनै पनि विषयमा निर्भीक भएर लेख्नु नै बहुप्रतिभाशाली अधिकारीको लेखकीय विशेषता भएको धारणा राखे । समालोचक राजकुमार बानियाँले अधिकारीको लेखलाई ‘दृश्यमान शब्दहरूको मोहक नृत्य’को संज्ञा दिँदै लेखन दुनियाँमा कसैले पनि अधिकारीलाई नजरअन्दाज गर्न नसक्ने दाबी गरे । लेखक निर्मल अर्यालले भाषामा बेजोड पकड भएका अधिकारी नेपाली साहित्य तथा पत्रकारितामा धेरैका लागि ‘रोल मोडल’ भएको धारणा राखे ।
प्रकाशक आशुतोष अधिकारीले सबैको साथ सहयोगबाट नै छोटो समयमा कृति प्रकाशनमा ल्याउन सकिएको बताए । राजनीति, साहित्य, यात्रा संस्मरण, व्यक्तित्व चर्चा, संस्मरण सहित कृतिमा विभिन्न शीर्षकमा २३ वटा निबन्ध संग्रहित छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया