Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबैतेश्वरमा आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि हनुमन्तेश्वरलाई

बैतेश्वरमा आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि हनुमन्तेश्वरलाई


दोलखा ।
बैतेश्वर गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड कप २०७७ शनिबार सम्पन्न भएको छ । बिहीबारदेखि मैनापोखरीमा रहेको हनुमन्तेश्वर माध्यमिक (नमुना) विद्यालय उक्त कार्यक्रम सुरु भएको थियो । २० वटा खेल समावेश गरी गाउँपालिकाले सुरु गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि हनुमन्तेश्वर माध्यमिक विद्यालयले हात परेको छ । हनुमन्तेश्वर माध्यमिक विद्यालयले १५ पदकसहित पहिलो स्थान हासिल गरेको हो ।

त्यसैगरी प्रतियोगितामा कालीढुङ्गा माध्यमिक विद्यालय मिर्गेले ११ पदकसहित दोस्रो स्थान हासिल गरेको छ भने बैतेश्वर गाउँपालिका २ मा रहेको जनज्योति माध्यमिक विद्यालयले ९ पदकसहित तेस्रो स्थान हासिल गरेको छ । गाउँपालिकाभित्र रहेका ८ वटा माध्यमिक विद्यालय सहभागी खेलमा भलिबलतर्फ कालिढुङा माध्यमिक विद्यालय प्रथम, विष्णु माध्यमिक विद्यालय गैरिमुदी दोस्रो, जनज्योति माध्यमिक विद्यालय गैरिमुदी तेस्रो भएको बैतेश्वर गाउँपालिका जनप्रतिनिधि देवराज खत्रीले जानकारी दिए । त्यसैगरी छात्रा तर्फको भलिबल खेलमा हनुमन्तेश्वर माध्यमिक प्रथम, जनज्योति माध्यमिक विद्यालय दोस्रो र विष्णु माध्यमिक विद्यालय तेस्रो भएको छ ।

विजयी हुने खेलाडीलाई शनिबार बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले पुरस्कार वितरण गरेका थिए । राष्ट्रपति कप खेलमा सहभागी हुँदै विजयी हुने खेलाडीले क्रमशः १५ हजार, १० हजार, ५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । खेलको उदघाटन सांसद जिपछिरिङ लामाले गरेका थिए । प्रतियोगिताको अवसर पारेर बैतेश्वर गाउँपालिकाले बैतेश्वर गाउँपालिकालगायतका ९ स्थानीय तहलाई एम्बुलेन्स सहयोग गर्ने सांसद शेर्पालाई बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले सम्मान पत्रका साथ सम्मान गरेका थिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया