Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकराते खेल विकासको लागि वडाध्यक्षको सहयोग

कराते खेल विकासको लागि वडाध्यक्षको सहयोग


काठमाडौं ।
कराते खेल विकास र विस्तारको लागि काठमाडौँ महानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष नविन मानन्धरलले आफ्नो एक महिनको पारिश्रामिक सहयोग गरेका छन् । जुद्धोदय माध्यमिक विद्यालयका कराते विद्यार्थीहरूको दीक्षान्तर कार्यक्रममा उनले एक महिनाको पारिश्रामिक २६ हजार रूपैयाँ सहयोग गरेका हुन् । यस्तै इन्द्रलाल सिंहले ११ हजार, डा. द्वारिकानाथ ढुङ्गेलले ११ हजार एक सय रूपैयाँ र कुमारदेव मानन्धरले पाँच हजार रूपैयाँ सहयोग सहयोग गरेका थिए । उक्त रकम विद्यालयको सो–क्याकुसिन कराते ब्रान्चलाई हस्तान्तरण गरिएको थियो । विद्यालयका विद्यार्थीहरूलाई ब्रान्चले निःशुल्करूपमा कराते सिकाउँदै आइरहेको छ ।

शनिबार जुद्धोदय माध्यमिक विद्यालयमा कामनपा १७ वडाध्यक्षको प्रमुख आतिथ्यमा पुष्पमान मानन्धरको सभापतित्वमा ३७ जना विद्यार्थी खेलाडीहरूको दीक्षान्तर कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडाध्यक्ष मानन्धरले विद्यालयले शिक्षा नियमविपरीत ६० प्रतिशत जग्गालाई असमान सम्झौता गरी व्यवसायीकरण गर्दा खेल मैदानको अभाव रहेको बताए । कार्यक्रमका सभापति पुष्पमान मानन्धरले विद्यालयले लगाएको उक्त असमान लिज प्रकरणको सबैले मिलेर विरोध गर्नुपर्ने बताए ।

उक्त कार्यक्रममा विद्यालयका पूर्वविद्यार्थी तथा पूर्वजलस्रोत सचिव द्वारिकानाथ ढुङ्गेल, प्रोफेसोर विष्णुराज पाण्डे, डा. विजयलाल श्रेष्ठ, नेपाल फुल कन्ट्याक्ट महासंघका उपाध्यक्ष रामजी प्रसाद बज्राचार्य, १०औं एसियाद वक्सिनका कास्य पदकधारी दिपक महर्जन, युनिसेफ फिल्ड अपरेसन अफिसर(पूर्व) इन्द्रलाल सिंह, पूर्वराष्ट्रिय खेलाडी शसस्त्र प्रहरी उपरीक्षक समिक महर्जन, आईकेकेयू कराते संघका अध्यक्ष तथा राष्ट्रिय खेलाडी सुरेन्द्र डंगोल, नेपाल राष्ट्रिय ज्यूटाइडोका ब्रान्च चिफ अजय मानन्धर, मुआथाइ बक्सिङका महासचिव राजेस महर्जन, डोजो प्रमुख चार पटक नेपाल च्याम्पेन आइरनगर्ल रिता श्रेष्ठ (राई) लगायतको उपस्थिति थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया