Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमनकामना केबलकार सोमबारदेखि पुनः सञ्चालनमा

मनकामना केबलकार सोमबारदेखि पुनः सञ्चालनमा


काठमाडौं ।
मनकामना केबलकार मर्मतसम्भारपछि सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । केबलकारले जारी गरेको सूचनामा केबलकार चैत ३१ गते मंगलबारसम्मको लागि बन्द गरिने भनिएको थियो । मनकामना दर्शन प्रालिले शनिबार सूचना जारी गर्दै प्रथम चरणमध्येको कार्य अनुमानित समयभन्दा एक दिनअगावै सम्पन्न भएकोले मंगलबारदेखि सञ्चालन गर्ने भनिएको केबलकार सोमबारबाटै सञ्चालनमा आउने जनाएको हो ।

चैत २३ गतेदेखि मर्मतका लागि बन्द गरिएको केबलकारको विदेशी प्राविधिकहरुले काम गर्दै आएका थिए । छ दिन बन्द गरिएको केबलकार पाँच दिनमै काम सम्पन्न भएकोले सञ्चालनमा ल्याउन लागिएको सञ्चालकमध्येका एक राजेशबाबु श्रेष्ठले बताए । २०५५ मंसिर ८ गतेदेखि सञ्चालनमा आएको मनकामना केबलकारले २३ वर्ष पूरा गरेसँगै नयाँ प्रविधिमा सञ्चालन गर्ने गरी कामको थालनी गरेको छ । पुरानै प्रविधिमा सञ्चालनमा ल्याउँदा सञ्चालन खर्च बढ्ने भन्दै कम्पनीले नयाँ प्रविधिमा केबलकार सञ्चालन गर्न लागेको हो ।

सञ्चालन श्रेष्ठका अनुसार पहिलो चरणमा अत्यावश्यक र मर्मत नगरी नहुने सामान फेरिने र दोस्रो चरणमा नयाँ प्रविधिको लागि पूर्वाधार तथा केही सामान थप्ने तथा तेस्रो चरणमा एनालग प्रविधिबाट डिजिटल प्रविधिमा लैजाने गरी मर्मत थालिएको हो । जसअनुसार केबलकारको लठा परिवर्तन, सञ्चारकेबललाई सेट्रा केबलमा परिवर्तन र डिसी ड्राइभलाई एसीमा लैजान लागिएको छ । यात्रुको सुरक्षासँगै केबलकारलाई विश्वमा आएको नयाँ प्रविधिमा ढाल्न लागिएको केबलकार प्रशासनले जनाएको छ । अबको दुई वर्षभित्रै केबलकार डिजिटल प्रविधिमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया