सिम्टे–लप्सी मेलुङ सडकको पिच दुई वर्षपछि सुरु
दोलखा ।
दोलखाको मेलुङ गाउँपालिकाभित्र पर्ने नयाँपुल डाँडाखर्क सडकअन्तर्गतको १२ किलोमिटर सिम्टे–लप्सी फेद सडकको कालोपत्रे सुरु गरिएको छ । दुई वर्षअघि ठेक्का सम्झौता भएको सडकमा दुई वर्षपछि मात्रै कालोपत्रे गर्न सुरु गरिएको हो ।
सडकको आइतबारदेखि कालोपत्रे गर्न सुरु छ । सडक निर्माण सक्न गत असारसम्मको म्याद दिए पनि निर्माण कम्पनीले कोरोना भाइरसको कारण सडक कालोपत्रेको काम रोकिएको बताउँदै आएको थियो । हिउँदमा निर्माण हुन नसकेको सडक बर्खा सुरु भएपछि निर्माण कम्पनीले कालोपत्र गर्न चासो देखाएको छ ।
आयोजनाले चालू वर्षको जेठभित्र सडक कालोपत्रे सक्ने लक्ष्य राखेर काम गरिरहेको मेलुङ गाउँपालिकाका प्रवक्ता हिरा थोकरले बताए । १२ किलोमिटर सडक कालोपत्रे गर्न एडीबीले २७ करोड ऋण सहयोग गरेको छ । सो सडक आसफाल्ट प्रविधिमा नेपाल आदर्श निर्माण कम्पनीले २०७५ सालमा २७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेर निर्माण सुरु गरेको सिम्टे–लप्सी फेद सडकका साइट इन्चार्ज राम गोपाल ढुंगानाले जानकारी दिए ।
ढुंगानाका अनुसार सडकको स्ट्रक्चरअन्तर्गतका ग्याबेन वाल, मेसिनरी वाल र नाला निर्माण सम्पन्न भएकाले जेठभित्र कालोपत्रेको काम सकिनेछ । सडक कालोपत्र नहुँदा दैनिक सास्ती खेपिरहेका मेलुङका नागरिक सडकको कालोपत्रे सुरु भएपछि थोरै भए पनि सडक विकासको अनुभव गर्न पाइने बताउन थालेका छन् ।
आलु उत्पादनको हिसाबले प्रमुख क्षेत्र मानिने मेलुङ गाउँपालिका माथिल्लो क्षेत्रमा कच्ची र खराब सडकका कारण अघिल्लो वर्ष सो गाउँका किसानलाई आलु बिक्री गर्न समस्या भएको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया