सुख्खा खडेरीले हिउँदे बालीमा परेको क्षतिको सूचना सङ्कलन
बझाङ ।
सुख्खा खडेरीले हिउँदे बालीमा परेको क्षति र असरका बारेमा सूचना सङ्कलन गर्न एक टोली थलारा गाउँपालिकामा पुगेको छ । टोलीले थलाराको धामीगाउँ, दंगार्जीको बगाडा, थापागाउँ र डिख्लागाउँका स्थानीय समुदायसँग भेटघाट र छलफल गरी खडेरीले हिउँदेबालीमा परेको क्षतिको बारेमा जानकारी लिएको हो । किसानहरूसँग छलफल गर्दा यसवर्ष सुख्खा खडेरीले उत्पादनमा धेरै क्षति भएको र भोकमरी हुनसक्ने किसानहरूले चिन्ता व्यक्त गरेका छन् ।
टोलीले स्थलगत तुलबालीको अनुगमन तथा समुदायसँग भेटघाट गर्दा यसवर्ष गहुँ र जौमा करिब ९० प्रतिशत क्षति भएको देखिएको छ । खडेरीले खाद्य बालीमा परेको क्षतिका बारेमा सूचना सङ्कलन गर्न सुदूरपश्चिम खाद्य अधिकार सञ्जालका संयोजक बलबहादुर रोकाया, बझाङ जिल्ला खाद्य अधिकार सञ्जालका संयोजक जगदीश रोकाया, थलारा एफएमका प्रबन्ध निर्देशक पदम खड्काको टोली सूचना सङ्कलनमा रहेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया