काठमाडौं ।
वैकल्पिक ऊर्जाको भरपर्दो माध्यमको रूपमा अत्यधिक प्रयोग गरिने गोबरग्यास अहिले विस्थापित हुँदै गएको छ । २०७२ सालको भूकम्पअघि दोलखाका प्रायः सबै नागरिकले वैकल्पिक उर्जाको रूपमा गोबरग्यास प्रयोग गर्दै आएका थिए । भूकम्पले घरसँगै वायु ऊर्जा गोबरग्यासका संरचनालाई पनि ध्वस्त पारेपछि यहाँका नागरिकले त्यसलाई पुनः सञ्चालनमा नल्याएका हुन् ।
दोलखाको बैतेश्वर गाउँपालिका पाइलेका जगतबहादुर बस्नेतले करिब १० वर्ष गोबरग्यासको प्रयोग गरेर खाना तथा बत्ती बालेको बताए । एक पटक निर्माण गरेपछि वर्षौँ प्रयोग गर्न सकिने गोबरग्यासलाई भूकम्पले ध्वस्त पारेको र त्यसपछि अहिले गोबरग्यास बनाउने मिस्त्री पाउन छाडेको उनले बताए ।
भूकम्पले घर मात्र होइन सयौँको संख्यामा रहेका दोलखाका गोबरग्यास प्लान्टलाई पनि क्षति पु-याएको यसका प्रयोगकर्ताहरू बताउँछन् । खाना पकाउन दाउरा, एलपी ग्यास नचाहिने, धुवाँ नआउने, भाँडा कालो नहुनेजस्ता कारण गोबरग्यास समुदायमा लोकप्रिय छ । अझ शौचालयको भरपर्दो सेफ्टी ट्याङ्की गोबरग्यासको प्लान्ट हो । ‘न भरिने डर थियो न गनाउने समस्या नै थियो’, स्थानीय गणेश बस्नेत भन्छन् । उनले ६७/६८ सालमा २०/२२ घण्टा लोडसेडिङ हुँदा वैकल्पिक उपायको रूपमा गाउँमै पहिलो पटक गोबरग्यास निर्माण गरेको बताए । त्यसपछि साबिक वडामा २०/२५ वटा गोबरग्यास निर्माण भएका थिए । तर अहिले गाउँमा भत्केका र टुटेफुटेका गोबरग्यास मात्र फेला पर्ने उनले बताए ।
वैकल्पिक ऊर्जाको रूपमा प्रयोग हुने तथा खाना बनाउने ग्यास र राम्रो कम्पोस्ट मल गोबरग्यास भएको उनले सुनाए । ग्रामीण समुदायमा बसोबास गर्ने कृषकका घरमा लोकप्रिय बनेको गोबरग्यास पुनः निर्माण गर्न अहिलेका स्थानीय निकायले चासो दिए यसको पुनः प्रयोग गर्न सकिने दोलखाका नागरिकले बताउँदै आएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया