Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधवीरेन्द्र अस्पताल भवनको शिलान्यास

वीरेन्द्र अस्पताल भवनको शिलान्यास


काठमाडौं ।
वीरेन्द्र अस्पताल भवनको शिलान्यास गरिएको छ । आधुनिकीकरण गरी निर्माण हुने छाउनीस्थित वीरेन्द्र अस्पताल भवनको शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका हुन् । नेपाल सरकार र सैनिक कल्याणकारी कोषद्वारा निर्माण हुनलागेको सो अस्पताल सात सय ५० शय्या क्षमताको हुनेछ । पाँच सय घाइते तथा बिरामीको उपचार गर्ने क्षमता रहेको सो अस्पताल पूर्णरूपमा सञ्चालनमा आएपछि नेपालकै नमूना अस्पतालका रूपमा रहने विश्वास गरिएको छ ।

शिलालेखको अनावरण तथा निर्माण हुने अस्पतालको गुरुयोजनाको अवलोकनपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको स्वाधिनता र भौगोलिक अखण्डताका लागि सेनाको गौरवपूर्ण योगदानको इतिहास रहेको बताए । उक्त अस्पतालबाट ३० प्रकारका मेडिकल सेवा प्रदान हुने र विपत्का समयमा छ हजारसम्मलाई उपचार गर्ने क्षमता रहने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार करिब दुई सय सात रोपनी जग्गामा निर्माण हुने उक्त अस्पतालबाट सात वर्षमा सेवा सुरु हुने र १० वर्षभित्र पूर्णरूपमा सञ्चालनमा आउनेछ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया