माथिल्लो तामाकोशीको ड्याममा पानी भर्न सुरु
दोलखा ।
बहुचर्चित राष्ट्रिय गौरवको चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ड्याममा शनिबारबाट पानी भर्न सुरु गरिएको छ । आयोजनाले वैशाख ८ गतेबाट ड्याममा पानी भर्ने भनी सार्वजनिक सूचना जारी गरे पनि शनिबार दिउँसो पौने १ बजेबाट ड्याममा पानी भर्न सुरु गरिएको हो ।
ड्याम तथा डिस्यान्डर (बालुवा थिग्रयाउने पोखरी)मा पानी भरिएपछि मुख्य सुरुङमा पानी पठाई सुरुङको परीक्षण सुरु गरिने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डाक्टर गणेशप्रसाद न्यौपानेले बताए । सुरुङको परीक्षण सम्पन्न गर्न करिब १० दिन जति लाग्ने उनको भनाइ छ ।
सुरुङको परीक्षण सफल भएपछि अन्य परीक्षणहरू गरिने र त्यसपछि मात्रै आयोजना विद्युत् उत्पादनको अवस्थामा पुग्ने प्रवक्ता न्यौपानेले बताए । वैशाख अन्तिमसम्ममा छवटामध्ये एक युनिटबाट परीक्षणको रूपमा ७६ मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ ।
यसैबीच कोभिड माहामारी पुनः बढेपछि आयोजनाले आयोजना निर्माणस्थल भ्रमणमा सर्वसाधारणलाई रोक लगाएको छ । सुरक्षात्मक उपायस्वरूप आयोजनाले सो निर्णय गरेको हो । आयोजनास्थलमा नै रहेर काम गरिरहेका मजदुर तथा कर्मचारीबाहेक विदामा रहेकाहरूले पीसीआर परीक्षण गरेर नेगटिभ रिपोर्ट आएकालाई मात्रै काममा लगाइने आयोजनाले बताएको छ । आयोजनाको प्रसारण लाइनको काम करिब सकिएको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार फुलासी सबस्टेसनको सिभिल संरचनाको काम समाप्त भई उपकरण जडानको काम भइरहेको छ । यस्तै दोलखाको सहरेमा रहेको मल्टिसर्किट टावरको निर्माण सुरु भएको बताइएको छ । सिँगटी निकट भाँचिएको प्रसारण लाइनको टावरको जग निर्माणको काम सम्पन्न भई टावर निर्माणको काम भइरहेको आयोजनाले बताएको छ । फुलासी सबस्टेसनमा उपकरण जडानकार्य कारणवश सम्पन्न नभए पनि आयोजनाबाट उत्पादित विद्युत् खेर नजाने आयोजनाको दाबी छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया