निषेधाज्ञाको मौका छोपेर बढी भाडा असुल्ने पाँच जना पक्राउ
काठमाडौं ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञाको मौका छोपेर यात्रुसँग बढी भाडा लिने पाँच जनालाई पक्राउ गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जारी भएको निषेधाज्ञामा मौकाको फाइदा लिन खोज्ने उनीहरूलाई प्रहरीले नयाँ बसर्पाक र कलंकीबाट नियन्त्रणामा लिएको हो । नयाँ बसपार्कबाट पोखरा माइक्रो र बुटवल भैरहवा काउन्टरको तीन जना कर्मचारी र कलंकी चोकबाट काउन्टरका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बसपार्क काउन्टरका कर्मचारीले काठमाडौँदेखि पोखरासम्मको नियमित भाडा पाँच सय र बुटवलसम्म १२ सय तोकिएकोमा पाँच सय प्रतिशतसम्म बढी भाडा लिएकोले उनीहरूलाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए । उनीहरूले पोखरा जाने यात्रुसँग तीन हजार पाँच सय रूपैयाँ र बुटवल जाने यात्रुबाट छ हजार रूपैयाँका दरले भाडा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूले उपत्यका छाडी आफ्नो घर फर्किन खोज्ने यात्रुहरूलाई ग१ख ९६२१ मार्फत पोखरा र बा४ख ५१९७ नम्बरको बसमार्फत बुटवल जाने यात्रुहरूबाट बढी भाडा असुलेका हुन् । पक्राउ पर्नेमा पोखरा माइक्रोमा काम गर्ने पोखरा–३३ घर भई काठमान्डौँ बस्ने वर्ष ३२ को बन्दराज पराजुली र रतुवामाई–९ मोरङ घर भई नेपालटार बस्ने वर्ष २९ को नवीन पौडेल साथै बुटवल भैरहवा काउन्टरमा काम गर्ने धादिङ थाक्रे–७ का वर्ष २९ का रञ्जित सिलवाल रहेको महाशाखाले जनाएको छ ।
यस्तै प्रहरीले कलंकी चोकबाट काउन्टरका दुई जना कर्मचारी, खोटाङ घर भई कलंकी बस्ने वर्ष ३५ को भीमबहादुर खड्का र रौतहट घर भई खसीबजार बस्ने वर्ष ५० को बैजनाथ चौधरीलाई पक्राउ गरेको हो । उनीहरूले काठमाडौँदेखि झापा मोरङको नियमित भाडा एक हजारदेखि एक हजार दुई सयसम्म भए पनि यात्रुसँग दुई गुणा बढी जनही दुई हजार पाँच सय रूपैयाँका दरले भाडा उठाउने गरेका थिए ।
उनीहरूले उपत्यकाको रिङरोडमा चल्ने बा४ख १९२५ नम्बरको पाथीभरा दर्शनको भाडा बसमा यात्रु लग्नेगरी टिकट काटिएको पाइएको महाशाखाले जनाएको छ । ट्राफिक प्रहरी महाशाखाले यस्तो विषम परिस्थितिमा हुनसक्ने यात्रु ठगी तथा आइपर्न सक्ने यातायातसम्बन्धी समस्या अनुगमनको लागि सादा पोसाकमा विशेष टोली परिचालन गरेको छ । टोलीले आफैँ यात्रु बनेर भाडा मोलमोलाइ गर्ने र बढी भाडा लिनखोज्नेलाई निगरानीमा राखी नियन्त्रण गर्नेगरेको छ ।
यस्तै यात्रुसँग बढी भाडा लिने बाग्लुङ भगवती काउन्टरका कर्मचारी वर्ष ३० को मिलन सारुलाई महाशाखाले बुधबार पक्राउ गरेको थियो । बढी भाडा लिएमा वा सार्वजनिक यातायातसम्बन्धी कुनै गुनासो भएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया