स्याङ्जाको चापाकोट नगरपालिकामा २६ जना संक्रमित, ८० जनाको स्वाब संकलन
चापाकोट ।
स्याङ्जाको चापाकोट नगरपालिकामा झण्डै ८० जनाको स्वाब संकलन गरिएको छ । पछिल्लो केही दिनयता कोरोना भाइरस संक्रमण बढ्नथालेपछि शुक्रबार नगरपालिकाले १० वटै वडामा नमूना स्वाब संकलन गरी परीक्षण गर्नलागेको हो ।
नगरपालिका मेयर शिव गिरीका अनुसार संकलित स्वाबको रिपोर्ट आउन बाँकी छ । चापाकोटका ४, ९ र १० नम्बर वडामा कोरोनाको अलि बढी नै प्रभाव देखिएको गिरीले जानकारी दिए । चापाकोटमा अहिले २६ जना संक्रमित रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका सूचना अधिकारी तथा स्वास्थ्य प्रमुख विन्दु कोइरालाले हालसम्म नगरपालिकामा उक्त संक्रमित भेटिएको जानकारी दिए ।
यसैबीच, नगरपालिकाको ८ नम्बर वडाका एक जनाको संक्रमणकै कारण चितवनको भरतपुरमा उपचारका क्रममा मृत्यु भएको छ । यद्यपि जिल्लाले मृत्युबारे बताउन बाँकी नै छ । संक्रमण आशंका भएमा नगरपालिकाले उनीहरूलाई राख्न क्वामीमा रहेको आयुर्वेदिक अस्पतालमा अक्सिजन सपोर्ट दिने गरी आइसोलेसन सेन्टर बनाएको मेयर गिरीले बताए ।
गिरीले भने, ‘यो अस्पताललाई रेस्क्यु सेन्टरको रूपमा प्रयोग गरिरहेका छौँ। संक्रमणको आशंका भएर यहाँ आउनेलाई अक्सिजन सपोर्ट दिएर पोखरा रिफर गर्ने गरेका छौँ ।’ हालसम्म ५/६ जनालाई यसरी पोखरा पठाउनुपरेको उनले जनाए । नगरपालिकामा एउटा मात्रै अस्पताल रहेको छ। चापाकोट हस्पिटलमा पछिल्लो समय हरेक दिनजसो औसतमा चार जनासम्म संक्रमित आउने गरेका छन् ।
अस्पतालका जनस्वास्थ्य निरीक्षक युवराज आचार्यले दिनमा २–४ जनासम्म बिरामी आउने गरेको बताए । सामान्य अवस्थाका बिरामीलाई अक्सिजन सपोर्ट दिने गरिएको उनको भनाइ छ । गम्भीर अवस्थाकालाई भने पोखरा रिफर गरिने गरिएको छ ।
१५ शय्याको अस्पताल भए पनि ७÷८ वटा शय्यामात्रै भएको कारण बिरामी बढेमा कठिनाइ हुने देखिन्छ । अस्पतालको आफ्नै भवन नहुँदा अहिले उपचारमा अप्ठ्यारो परेको हो। केही गम्भीर प्रकृतिका बिरामी भने आफैँ पनि पाल्पा, पोखरा उपचारका लागि जाने गरेका छन् ।
निरीक्षक आचार्यका अनुसार काठमाडौँ लगायत देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी भएसँगै गाउँ गाउँमा संक्रमितको संख्या बढेको छ । यता नगरपालिकाका मेयर गिरी पनि १६ गतेपछि संक्रमितको संख्या बढ्नथालेको बताउँछन् ।
गिरीका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिकामा १५/२० जना संक्रमित छन् भने वालिङमा कोरोनाको प्रभाव झनै बढी छ । निषेधाज्ञा हुने भएसँगै उपत्यकालगायत विभिन्न सहरबाट गाउँ फर्किएकाहरूमा पनि संक्रमण देखिएको छ। यद्यपि नगरपालिकाले उनीहरूलाई घरमै क्वारेन्टाइनमा बस्न लगाएको मेयर गिरी बताउँछन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
- रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
- विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
- नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया