दोलखा ।
पछिल्लो समय नेपालका पहाडी तथा ग्रामीण सडक विस्तार तथा कालोपत्रे धमाधम भइरहेका छन् । धेरै पहिला निर्माण गरिएका सडकहरू पछिल्लो वर्षहरूमा धमाधम विस्तार भइरहेका हुन् । ३३ वर्षअघि विदेशीले निर्माण गरिदिएको चरीकोट–जिरी सडक विस्तारको कार्य भइरहेको छ ।
चरीकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडकमध्ये करिब ३२ किलोमिटर सडकको कालोपत्रे सकिएको छ । यस सडकको करिब ३५ वर्षपछि मुहार फेरिन लागेको हो । सडकले मुख्य व्यापारी केन्द्र चरीकोट–तामाकोशी हुँदै मैनापोखरी–खावा तथा जिरीलाई जोडेको छ ।
भारतीय एक्जिम बैंकको तीन अर्ब ७० करोड सहुलियत ऋणमा उक्त सडक विस्तार भएको हो । सडक विस्तारको जिम्मा लामा कन्स्ट्रक्सनले लिएको छ । हालसम्म सडकको चरीकोटदेखि नाम्दु र सिताथानदेखि खावा बजारसम्म ३२ किलोमिटर सडकको कालोपत्रे सकिएको छ । अबको करिब आठ महिनामा आयोजनाले ५५ किलोमिटर सडककै काम सक्ने लक्ष्य राखेको छ । त्यसैगरी जिल्लाका अन्य ग्रामीण सडक पनि अहिले धमाधम निर्माण भइरहेका छन् ।
जिल्लाको भीमेश्वर नगरपालिकाबाट शैलुङ जाने पाटीखोला–उखुबारी सडक कालोपत्रेले पनि गति लिएको छ । सडकको पहिलो चरणको कालोपत्रे सकिएको छ । त्यसैगरी जिल्लाको बैतेश्वर गाउँपालिको मैनापोखरी क्षत्रपा–फेदी सडकको कालोपत्रे भइरहेको छ भने मेलुङ–सिम्टे–लप्सी एक किलोमिटर सडकको कालोपत्रे अन्तिम चरणमा पुगेको छ ।
त्यसैगरी भीमेश्वर नगरपालिकाको जिलु कृषि सडक र बैतेश्वर गाउँपालिकाको बुस्ती पुतलीकाठ सडकको पनि कालोपत्रे भइरहेको छ । चरीकोट जिरी सडकबाहेकका अन्य ग्रामीण सडकको निर्माण स्थानीय सरकार तथा प्रदेश सरकार र केन्द्रीय सडकको सयुक्त अनुदानमा निर्माण भइरहेको सडक डिभिजन कार्यालय दोलखाले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना
- जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालबीच सहकार्य
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
- पोखरा महानगरपालिकाको कागजपत्र अख्तियारको नियन्त्रणमा
- ‘बीबी माइनस ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटी’
- ट्रम्पका कारण चीन, क्यानडा र मेक्सिकोको मुद्रा अवमूल्यन
- दुर्गा प्रसाईंको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन
- एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुन: बोलपत्र आह्वान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया