बाँके ।
कोभिड नियन्त्रण तथा रोकथामका लागि खटिएका व्यक्ति तथा नागरिकहरुको लागि नेपालगञ्जमा मास्क बैंक सञ्चालनमा ल्याइएको छ । निःशुल्क मास्क उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको मास्क बैंकको सोमबार नेपालगञ्जका मेयर डा. धवल शमशेर राणा र उपमेयर उमा थापा मगरले उद्घाटन गरेका छन् । नेपालगञ्ज वडा नम्बर १० भृकुटीनगरमा सञ्चालन भएको मास्क बैंक नेपालिज अमेरिकन च्याम्बर आफ कमर्सको सहकार्यमा बासले स्थापना गरेको हो ।
पानी बैँक पनि सञ्चालनमा : यसअघि बाँकेमा नागरिक समाज व्यापारीस्तरबाट कोरोना संक्रमणपछि सहजै शुद्ध पानी पिउन समस्या हुनेहरुका लागि नेपालगञ्जका अगुवा व्यापारी ललित रौनियारले पानी बैंकको अवधारणालाई कार्यान्वयनमा ल्याएका छन् ।
विभिन्न व्यक्ति तथा संस्थासँगको समन्वय र सहयोगमा संकलन गरिएको पानी रौनियारले निषेधाज्ञासँगै खटिएका सुरक्षाकर्मीहरुलाई वितरणबाट अवधारणा कार्यान्वयनमा ल्याएका हुन् । अहिले पानी वितरण कार्यक्रमलाई अन्जनी माता रसोईमार्फत अस्पतालमा भर्ना भएका कोभिड बिरामीहरुलाई तथा नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको आइसोलेसन केन्द्रहरुमा उपचाररत बिरामीहरुलाई उपलब्ध गराउन थालिएको रौनियारले जानकारी दिए ।
कोरोना अवधिभर पानी बैंक सञ्चालनको योजना रहेको रौनियारले बताए । पानी बैंकका लागि २० देखि पाँच सय पेटी पानीसम्मको सहयोग जुटिरहेको छ । उमेश रौनियार, पंकज रौनियारले पाँच सय पेटीका दरले पानी उपलब्ध गराएको पानी बैंकमा विभिन्न व्यक्तिहरुबाट सहयोग जुट्ने र वितरणको काम भइरहेको रौनियारले जानकारी दिए।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना
- जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालबीच सहकार्य
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
- पोखरा महानगरपालिकाको कागजपत्र अख्तियारको नियन्त्रणमा
- ‘बीबी माइनस ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटी’
- ट्रम्पका कारण चीन, क्यानडा र मेक्सिकोको मुद्रा अवमूल्यन
- दुर्गा प्रसाईंको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन
- एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुन: बोलपत्र आह्वान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया