काठमाडौं ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)ले बाढी पहिरोका कारण जलविद्युत् आयोजना स्थलमा पुग्ने पहुँचमार्गमा क्षति भएका स्थानको तत्काल पुनः निर्माण गर्न सरकारसँग आग्रह गरेको छ । इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले आयोजनास्थल तथा मानवीय बस्तीसम्म निर्माण तथा वितरण गरिएका र हाल बाढीका कारण क्षति पुगेका प्रसारणलाइन तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेका हुन् ।
यस्तै, नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका सबस्टेसनको सुरक्षार्थ तत्काल उचित कमद चाल्न र गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालय तथा अन्य सरोकारवाला निकायको उच्चस्तरीय संयन्त्र बनाई समस्याहरू तत्काल सम्बोधन गर्न अध्यक्ष आचार्यले आग्रह गरे । बीमाको भुक्तानी गर्ने कार्यका लागि सहजीकरण गर्नुपर्ने तथा बीमा भुक्तानी छिटो र सहज बनाउन बीमा समिति र अर्थ मन्त्रालयले पहलकदमी गर्नुपर्ने इपानको माग छ ।
निर्माणसम्पन्न हुने चरणमा रहेका आयोजनाको यस वर्षको बाढीले संरचनामा क्षति भई अथवा प्रसारणलाइनमा क्षति भई वा प्रसारणलाइनको निर्माणसम्पन्न हुन नसकेका आयोजना कम्तीमा एक वर्ष ढिला हुने भएकाले नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने इपानको भनाइ छ । यस्तै, विद्युत् गृह, बाँधस्थललगायतको सुरक्षाको लागि नदी नियन्त्रण योजना ल्याउन समेत आग्रह गरिएको आचार्यले जानकारी दिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
- बाँसझ्याङमा सात क्विन्टल लसुन भेटियो
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया