काफ्लेलाई क्यानडाको सिटी अफ ब्राम्टन स्थानीय सरकारबाट ‘सिटिजन्स अवार्ड’
काठमाडौं ।
क्यानडाको ब्राम्टनमा बस्दै आएका मित्र काफ्ले क्यानडाको सिटी अफ ब्राम्टन स्थानीय सरकारका तर्फबाट ‘सिटिजन्स अवार्ड’बाट सम्मान पाएका छन् । स्थानीय सरकारबाट हरेक वर्ष प्रदान गरिने यो अवार्डअन्तर्गत यो वर्ष कोभिड–१९ को बखतका उत्कृष्ट नागरिकहरु विधा थप गरिएको थियो । काफ्लेले सोही अवार्ड प्राप्त गरेका हुन् ।
सिटी अफ ब्राम्टनका मेयर प्याट्रिक ब्राउनले उक्त अवार्ड प्रदान गरेका थिए । सिटिजन अवार्ड अन्तरगतको यो विधाको अवार्ड काफ्लेसहित सात जनाले प्राप्त गरेका छन् । अल्भिन लाउरडेस, अमनप्रित ब्रअर, अमिक सिंह, गिल डन, जेसिका बार र सर्भान्ती राजहले यो अवार्ड प्राप्त गरेका छन् । वर्ष नागरिक, कला, खेलकुद, आपत्कालीन सेवा, प्रेरणादायी, दीर्घकालीन सेवालगायतका विधामा अवार्ड प्रदान गरिएको सिटी अफ ब्राम्टनले जनाएको छ ।
सन् १९७४ देखि नै सिटी अफ ब्राम्टनले समुदायमा विभिन्न क्षेत्रमा योगदान दिएका उत्कृष्ट नागरिकहरुलाई यी अवार्डहरुमार्फत सम्मान गर्दै आएको छ । समुदायका नागरिकहरुले विभिन्न क्षेत्रमा गरेको उपलब्धिको सम्मानस्वरुप यो अवार्ड प्रदान गरिँदै आएको हो ।
यो अवार्डको छनौट कमिटीमा विभिन्न विधाका विज्ञहरु, समुदायका सदस्यहरु, निर्वाचित स्थानीय जनप्रतिनिधिहरु, ब्राम्टनको फायर एण्ड इमर्जेन्सी सर्भिस, स्वयंसेवक एमबीसी, ब्राम्टन स्पोटर्सस एलायन्स, ब्राम्टन सिनियर काउन्सिल र पिल रिजनल पुलिस रहँदै आएको छ । सिटी अफ ब्राम्प्टन झण्डै छ लाख जनसंख्या भएको क्यानडाको ओन्टारियो ग्रेटर टोरन्टो क्षेत्रको सिटी हो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया