काठमाडौं । शिक्षामा गुणस्तर अभिवृद्धिको लागि तथा विभिन्न देशका विश्वविद्यालयहरूबीच अनुभव आदानप्रदान तथा शिक्षक र विद्यार्थीहरूको आपसी भ्रमण अपरिहार्य रहेको तथ्यलाई मध्यनजर गरी उच्च प्राविधिक शिक्षामा अन्तर्राष्ट्रियकरण आयोजना कार्यान्वयन गर्न भक्तपुरको चाँगुनारायण नगरपालिकामा सञ्चालित नेपाल इन्जिनयरिङ कलेज (नेक) र पोर्चुगलको एभेइरो विश्वविद्यालयबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
विश्वव्यापी फैलिरहेको कोभिड महामारीको कारण भौतिक उपस्थितिमा नभई भर्चुअल माध्यममा नेकको तर्फबाट कलेजका प्रचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ र एभेइरो विश्वविद्यालयको तर्फबाट प्रो–रेक्टर प्रा. डोउटोरा सान्द्रा सोआरेसले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सो दुई वर्षे आयोजनाअन्तर्गत एभेइरो विश्वविद्यालयका शिक्षकहरूले नेकमा भ्रमण गरी चार विधाहरूमा अल्पकालीन अध्यापन गराउने छन् भने आयोजनाको अर्को चरणमा नेकका शिक्षक तथा विद्यार्थीहरूले एभेइरो विश्वविद्यालय गई अध्ययन अध्यापन गराउने कार्यक्रम बनाइएको छ ।
शिक्षामा अन्तर्राष्ट्रियकरण आयोजनाको पहिलो चरणअन्तर्गत नेकका चार जना विद्यार्थीहरूले स्पेनको विश्वविद्यालयमा गई एक सेमेष्टर अध्ययन सकाई फर्किसकेको र स्पेनका एक जना शोधकर्ता नेपाल भ्रमण गरी फर्किसकेको आयोजनाका संयोजक सहप्राध्यापक दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । आयोजना कार्यान्वयनमा लाग्ने खर्च युरोपको इरास्मस प्लस कार्यक्रमबाट व्यहोरिने जनाइएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया