दोलखा ।
दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ३ मीर्गे पाइलेमा रहेको सानोखोला पुल शुक्रबार रातिको वर्षा र पहिरोले भत्काएको छ । गाउँपालिका केन्द्र र किसानको खेत जोड्ने मुख्य पुल पहिरोले भत्काउँदा आवतजावतमा समस्या भएको स्थानीयवासीको भनाइ छ ।
धान रोपाइँको चटारो चलिरहेको बेला पहिरोले पुल भत्काइदिएपछि रोपाइँ गर्न जानै समस्या भएको स्थानीय ढालबहादुर बस्नेतले जानकारी दिए । उक्त पुल करिब १४ वर्षअघि निर्माण गरिएको थियो । पुल बगाएको र खोलामा भल बाढी निरन्तर आइरहेकाले रोपाइँ गर्न खेतमा जान समस्या भएको कारण रोपाइँ नै रोकिएको किसानले बताएका छन् । पुल भत्किएपछि गाउँपालिकाको केन्द्र ओहोरदोहोर गर्नसमेत समस्या भएको छ ।
खोला छेउमा कृषि फार्म खोलेर बसेका पुष्कर बस्नेतको व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको बताए । खोलावारि गाउँ र खोलापारि कृषि फार्म रहेको हुँदा मीर्गे चोकसम्म दूध बिक्री गर्न समस्या भएकोले वडा र गाउँपालिकाले तत्काल खोलामा अस्थायी पुल बनाएर किसानलाई ओहोरदोहोर गर्न सक्ने वातावरण बनाइदिनसमेत उनीहरुले स्थानीय सरकारलाई अनुरोध गरेका छन् । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया