काठमाडौं ।
१३औं दक्षिण एसियाली फुटबल प्रतियोगिता ‘साफ च्याम्पेनसिप’ नेपालले नै आयोजना गर्नेभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘साफ च्याम्पेनसिप’ नेपालमा आयोजना गर्न खेल सम्बद्ध निकायहरूलाई निर्देशन समेत दिएका छन् ।
विगत लामो समयदेखि आयोजन हुन नसकेको साफ च्याम्पेनसिप आयोजना गर्ने पालो बंगलादेशको थियो । गत वर्ष रोकिएको यो प्रतियोगिता यस वर्ष पनि कहिले हुने भन्ने टुंगो लागेको छैन । नेपाली टिमका कप्तान किरण चेम्जोङले सो फुटबल प्रतियोगिता बंगलादेशले आयोजना गर्ने सम्भावना टर्दै गएको अवस्थामा नेपालले नै गर्दा राम्रो हुने सुझाव दिएपछि प्रधानमन्त्री ओलीले साफ नेपालले नै आयोजना गर्ने बताए ।
नेपाल किर्गिजस्तान र बंगलादेशबीच गत चैतमा सम्पन्न त्रिदेशीय फुटबल प्रतियोगितामा सहभागी भएका नेपालको राष्ट्रिय फुटबल टोली सदस्यहरूलाई विशेष नगद पुरस्कारबाट सम्मान गर्न आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले साफ नेपालले आयोजना गर्ने र त्यससँगै नेपाली टिम पनि जित्ने मानसिकताका साथ उत्रिनुपर्ने बताए । उनले भने, ‘साफ खेलमा यदि तपाईंहरू जित्न चाहनुहुन्छ भने हामी आयोजना गर्छौं ।’ साथै उनले खेल खेल्ने मात्र हैन जित्ने आत्मविश्वास खेलाडीमा हुनुपर्ने त्यसका लागि निरन्तरको अभ्यास, व्यायाम र संयम आवश्यक रहेको धारणा राखे । नेपालीहरूलाई खेलमा जित्ने बानी विस्तारै पर्दै जान थालेको बताउँदै उनले अब अमेरिकी गायक बब एवेगेनले जस्तो हामी जित्नेछौँ एक दिन नभनी हामी आजै जित्नेछौँ भन्नुपर्ने बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया