काठमाडौं । सीताराम गोकुल मिल्क्स काठमाडौं प्रालिले सीताराम दूध उत्पादन र बिक्रीवितरणको २५ वर्ष पुगेको अवसरमा विभिन्न उत्पादनहरु बजारमा ल्याएको छ । सीताराम दूध नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो दूध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने डेरी हो । केडिया अर्गनाइजेसनको भागिनी संस्थाको रुपमा स्थापना भएको सीताराम गोकुल मिल्क्स काठमाडौं प्रालिको उत्पादन कारखाना कीर्तिपुरको दूधपोखरीमा छ ।
सीताराम दूध आम नेपालीहरुले विगत २५ वर्षदेखि सेवन गर्दै आइरहेका छन् । आधुनिक प्रविधि सँगसँगै सीताराम गोकुल मिल्क्सले आम नेपालीको भान्सामा आवश्यक पर्ने सीताराम दूध, सीतारम घिउ, पनीर बटर तथा चिनीसहित र चिनीरहितको दही, सीताराम फ्रेस मिल्क तथा लस्सी बजारमा बिक्रीवितरणमा ल्याएको छ । एउटा दुग्ध उत्पादक डेरीको उत्पादन अब एउटै बास्केटमा आएको सीताराम डेरीका प्रबन्धनिर्देशक सुमित केडियाले बताए ।
सीतारामका उत्पादनहरु सजिलै विभिन्न डिपार्टमेन्टल स्टोर भाटभटेनी, बिगमार्टलगायत अन्य मार्ट तथा पसलहरुमा पाउने उनले बताए । सीताराम गोकुल मिल्क्सको बजारमा उपलब्ध दही, पनीर, बटर, फ्रेस मिल्क तथा लस्सी रहेका छन् । दही आधा तथा एक लिटर चिनीरहित र चिनीसहितको एवं लस्सी समेत एक तथा आधा लिटरमा उपलब्घ रहेको छ भने पनीर २०० ग्रामदेखि १ किलोसम्म तथा बटर पनि सोही वजनमा उपलब्ध छ । यसको साथसाथै सीताराम घियु १ तथा आभा लिटरमा एवं सीताराम फ्रेस मिल्क २०० मिलिलिटरको बोतलमा बजारमा बिक्री भइरहेको उनले बताए ।
सीताराम गोकुल मिल्क्स प्रालिले नवलपरासी, रुपन्देही, चितवन र काभ्रेपलाञ्चोक जिल्लामा २२ वटा दूध चिस्यान केन्द्र स्थापना गरेर जिल्लाका १५० दूध उत्पादक सहकारी संस्थाका साथसाथै लगभग २० निजी दूध व्यवसायीमार्फत नियमित दूध संकलन गरिरहेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया