Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधटेलिकमको सर्भरमा सम्पूर्ण डेटा सुरक्षित

टेलिकमको सर्भरमा सम्पूर्ण डेटा सुरक्षित


काठमाडौं । नेपाल टेलिकमले आफ्नो सर्भरमा ह्याकरको आक्रमण नभएको र सम्पूर्ण डेटा सुरक्षित रहेको जनाएको छ । टेलिकमको सर्भरमा ह्याकर समूहद्वारा आक्रमण गरिएको र कम्पनीको डेटा रेकर्ड चोरी गरी बिक्रीमा राखिएको बारे सञ्चारमाध्यममा समाचार प्रकाशित भएपश्चात् कम्पनीले छानबिन सुरु गरेको थियो । कम्पनीले डेटा सुरक्षासम्बन्धी गाम्भीर्य मनन गरी कम्पनीले शंकाको घेरामा रहेको उपकरण तत्काल बन्द गरी छानबिन सुरु गरेको थियो ।

कम्पनीका सम्बन्धित विज्ञहरुबाट विस्तृत छानबिनपश्चात् कम्पनीको कुनै पनि डेटा चोरी नभएको र समाचारहरुमा उल्लेख गरिएको दाबीमा कुनै पनि सत्यता नरहेको निष्कर्ष निकालिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ग्राहकसँग सम्बन्धित डेटा सुरक्षित राख्न नेपाल टेलिकमले विभिन्न सुरक्षात्मक संयन्त्रहरु अपनाउँदै आइरहेको छ । आगामी दिनमा समेत ग्राहकका विवरणहरु सुरक्षित राख्नका लागि आफूहरु प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x