Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध१२ वर्षपछि सिंगटी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन

१२ वर्षपछि सिंगटी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन


 दोलखा । निर्माण सुरु गरिएको १२ वर्षपछि सिंगटी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु गरिएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका र विगु गाउँपालिकामा निर्माण गरिएको सिंगटी जलविद्युत् आयोजनाले २५ मेगावाट विद्युत् उत्पादन सुरु गरेको हो ।

गत फागुनमा पहिलो परीक्षण गरिएको १३२ केभी सिंगटी–लामोसाँघु प्रसारण लाइन बिहीबारदेखि भने सफल उत्पादनसहित सञ्चालनमा आएको छ । आयोजनाका अनुसार १५ दिनसम्म परीक्षण उत्पादन जारी रहने र त्यसपछि व्यावसायिकरूपमा विद्युत् उत्पादन सुरु गरिनेछ । साउन दोस्रो सातादेखि व्यापारिक विद्युत् उत्पादन सुरु हुने आयोजनाले जनाएको छ ।

प्रसारण लाइनको समस्याले डेढ वर्षअघि नै निर्माण सम्पन्न भएको आयोजनाले विद्युत् उत्पादन गर्न नसक्दा लगानीकर्ता निराश देखिएका थिए । प्रसारण लाइनको समस्याले यो अवधिमा विद्युत् बिक्रीबाट हुने करिब एक अर्ब रुपैयाँबराबरको आम्दानी गुमेको आयोजना निर्माण कम्पनीका निर्देशक गणेश कार्कीले बताए । विद्युत् बिक्री गर्न नपाउँदा बैंकको ब्याज बढेर आयोजनाको लागत पनि बढेको उनले बताए । विद्युत् प्रसारण प्रणालीमा जोडिएपछि आयोजनाले वार्षिक ७० करोड रुपैयाँ आम्दानी गर्ने अनुमान गरेको छ । यस आयोजनाको निर्माण सुरु भएदेखि नै विभिन्न विवादमा परेर काम पटक–पटक रोकिँदै आएको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x