Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधतीन गुणा बढी भाडा लिएर यात्रु ओसार्दै सवारीसाधन

तीन गुणा बढी भाडा लिएर यात्रु ओसार्दै सवारीसाधन


दोलखा । निषेधाज्ञाको मौका छोपेर दोलखाबाट काठमाडौँ ओहोरदोहोर गर्ने सवारीसाधनले तीन गुणा बढी भाडा लिएर यात्रु ओसार्ने गरेको पाइएको छ । दोलखामा निषेधाज्ञा केही खुकुलो भएसँगै जिल्लाभित्र छोटो दूरीमा यात्रुवाहक सवारी चल्न दिइएको छ । तर दिउँसोको समय जिल्लाभित्र मात्र चल्ने गरेका सवारीसाधनले हिजोआज रातको समयमा चर्को भाडा लिएर काठमाडौँ दोलखा ओहोरदोहोर गर्ने पाइएको हो ।

दोलखाका विभिन्न स्थानीय तहबाट काठमाडौं ओहोरदोहोर गर्ने सवारीले काउन्टरमा टिकट नकाटी आधा बाटोमा पुगेपछि दोब्बर–तेब्बर भाडा लिनेगरेको यात्रुहरूको दुखेसो छ । जिल्लाको बैतेश्वर गाउँपालिकाको गैरिमुदी मिर्गेबाट काठमाडौँ ओहोरदोहोर गर्ने यात्रुबसले रातिको समयमा एक हजार पाँच सय रूपैयाँ र दिउँसोको समयमा एक हजार रूपैयाँ भाडा असुल गर्नेगरेको पीडित यात्रुले बताएका छन् ।

आइतबार बिहान मिर्गेबाट काठमाडौँको लागि हिँडेको बसले टिकटविना यात्रुबाट एक हजार भाडा उठाएको पाइएपछि प्रहरीले बसलाई नियन्त्रण लि कारबाही समेत गरेको छ । जिल्लाका ग्रामीण बस्तीबाट काठमाडौं यात्रा गरेको बढी पाँच सयदेखि आठ सयसम्म भाडा रहेकोेमा अहिले एक हजार पाँच सय भाडा तिरेर काठमाडाँैको यात्रा गरेको पार्वती अधिकारीले बताइन् ।

सुरुमा बस चढ्नुअघि मिलाएर भाडा लिने बताउने सवारी सहचालकले आधा बाटोमा पुगेपछि भाडामा बार्गेनिङ गर्नेगरेको अर्की यात्रु अस्मिता बस्नेतले बताइन् । १५ सय भाडा तिर्दिन भन्दा सवारी चालक तथा सहचालकले गाडीबाटै यात्रुलाई झार्न खोज्ने गरेकाले उनीहरूले भनेअनुसार नै भाडा तिर्नुपर्ने बाध्यता रहेको उनले सुनाइन् ।

यात्रुबसले जिल्लाको मैनापोखरी, मिर्गे, गैरिमुदी, कालिञ्चोक गाउँपालिकाको सिंगटीलगायतका बजार तथा गाउँबाट रातको समयमा दोब्बर भाडा असुल्ने गरेका छन् । आइतबार बैतेश्वरका युवाले चर्को भाडा उठाउने बसलाई नियन्त्रण लिएर प्रहरीलाई जिम्मा लगाई यात्रुबाट उठाएको बढी भाडा यात्रुलाई नै फिर्ता गर्न लगाइएको बैतेश्वर गाउँपालिका २ का युवा विश्व तामाङले जानकारी दिए । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x