Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभीमदत्तमा आठ हजार परिवारलाई लालपुर्जा वितरण गरिने

भीमदत्तमा आठ हजार परिवारलाई लालपुर्जा वितरण गरिने


कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले आठ हजार परिवारलाई लालपुर्जा वितरण गर्नेभएको छ । त्यसका लागि नगरपालिकामा ऐलानी जग्गा नापजाँच सुरु भएको छ ।

भूमि आयोगमार्फत नगरपालिकामा यसअघि भूमिहीन, सुकुमबासी एवं भूमिहीन दलित परिवारको तथ्यांक संकलन गरेको थियो । संकलन गरिएको सबै तथ्यांकको निस्सा लगाउने काम सम्पन्नपछि नगरपालिकाले अब नगरक्षेत्रको ऐलानी जमिन नापजाँच गरेर भूमिहीन दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई जमिन दिलाउनका लागि काम सुरु गरेको हो ।

भीमदत्त नगरका प्रवक्ता हिमाल चन्दले नगरका सबै भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउँदै लालपुर्जा दिलाउनका लागि काम सुरु भएको बताए । ‘हाम्रो नगरमा भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीका लागि जमिन नाप्ने काम सुरु भएको छ, ‘प्रवक्ता चन्दले भने, ‘अब सबै जनतालाई लालपुर्जा दिलाउँछौँ ।’ भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले आइतबार ऐलानी जग्गा नापजाँच गर्ने कार्यको उद्घाटन गरेका छन् ।

कार्यक्रममा उनले संविधानमा उल्लेख भएअनुरूप सबै नागरिकलाई जमिनको मालिक बनाइने बताए । मेयर विष्टले आवश्यक प्रक्रिया सबै अघि बढाएर यथाशीघ्र भूमिहीन नागरिकलाई लालपुर्जाको मालिक बनाउने बताए । उनका अनुसार अब नगरका १९ वटै वडाहरूका नागरिक लालपुर्जाधारी हुनेछन् ।

यसैबीच मेयर विष्टले गरिब, विपन्नका लागि निर्माण भएको आवास समेत हस्तान्तरण गरेका छन् । कायक्रममा भीमदत्त नगरका जनप्रतिनिधिसहितको सहभागिता रहेको थियो । भीमदत्त नगरपालिकाले भूमिहीन, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको काम सुरु भएसँगै वषौँदेखि लालपुर्जा र जमिनविहीन नागरिक अब जमिनको स्वामित्व पाउने भएपछि हर्षित भएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x