दोलखा । धार्मिक तथा पर्यटकीय हिसाबले व्यावसायिक क्षेत्रमा सम्भावना बोकेको दोलखामा जिल्लाकै ठूलो लगानीको दुईतारे होटल सञ्चालनमा आएको छ । सदरमुकाम चरीकोटस्थित सातदोबाटोमा जिल्लाकै पहिलो तारे होटल एम्ब्रोसिया शनिबारदेखि सञ्चालनमा आएको हो ।
चरीकोटमा ‘ट्रेड बिजनेस’ गर्दै आएका व्यवसायी दिनेश बस्नेतले सञ्चालनमा ल्याएको सो होटलको शनिबार नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।
धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा जिल्ला घुम्न आउने पाहुनाले खोजेअनुसारका सेवा सुविधा दिने उद्देश्यले भवन निर्माणबाहेक १० करोड लगानी गरेर दुई तारे होटल सञ्चालनमा ल्याएको बस्नेतले बताए । वैशाखदेखि सञ्चालन ल्याउने तयारी गरे पनि दोस्रो लहरको कोरोना भाइरसका कारण तीन महिना ढिलाइ भएको उनको भनाइ थियो । ३५ वटा कोठा रहेको सो होटल एक पटकमा एक सय जना पाउन अटाउनसक्ने क्षमताको रहने सञ्चालक बस्नेतको भनाइ छ ।
साथै होटलमा होटलमा सुविधासम्पन्न पाँच सय जनाको क्षमताको मिटिङ हल समेत रहनेछ । यस्तै रुफटपमा रहेका रेष्टुराँमा समेत गरी एक हजार जनालाई एकैपटक होटलले सेवा दिनसक्ने बताइएको छ । होटल उद्घाटन कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले दोलखा तारे होटल सञ्चालनका हिसाबले सम्भावना बोकेको जिल्ला रहेको बताए । दोलखा धार्मिक तथा पर्यटकीय हिसाबले पोखरापछिको सम्भावना बोकेको जिल्ला रहेको बताए ।
ढकालले कोभिड–१९ को महामारीबाट संकटमा परेको पर्यटनलगायत सम्पूर्ण व्यवसायलाई पुनः लयमा ल्याउन खोप अनिवार्य भएकोले निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरे । ‘संकटमा परेको मुलुकको अर्थतन्त्रलाई पुनरुत्थानका लागि व्यवसाय र व्यावसायिक गतिविधिहरूलाई चलायमान बनाउन जरुरी हुन्छ । यसका लागि अहिलेलाई खोप नै प्रमुख उपाय देखिएको छ । त्यसैले नयाँ सरकारसँग मेरो अनुरोध छ, छिटोभन्दा छिटो सबै जनतालाई खोपको व्यवस्था गरौँ’, उनले भने ।
कोभिडपछि नेपालको पर्यटन व्यवसाय तहसनहस बनेको बताउँदै ग्लोबल आईएमई बैंकका अध्यक्ष समेत रहेका ढकालले हालै मात्र बैंकले वार्षिक/अनिवार्य विदा लिने बैंकका कर्मचारीहरूले कम्तीमा सात दिन आन्तरिक पर्यटकीय स्थलहरूमा अनिवार्य रुपमा भ्रमण गर्नुपर्ने व्यवस्था गरेको बताए ।
‘कोभिडको महामारी कम नभई तत्कालका लागि विदेशी पर्यटकहरू आउने सम्भावना पनि कम रहेकोले अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो । कोभिड–१९ को महामारीका कारण पूर्णरुपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकहरूको खाँचो रहेको छ’, उनले भने ।
राज्यले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै उनले कर्पोरेट हाउस, बैंक तथा वित्तीय क्षेत्रहरूले पनि यसैगरी आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग गर्न सकेमा नेपालको पर्यटन क्षेत्र लयमा फर्किन धेरै समय नलाग्ने समेत बताए । त्यसैगरी भीमेश्वर नगरपालिका मेयर भरत केसीले समृद्ध भीमेश्वर निर्माण गर्न र दोलखाको आर्थिक उन्नतिमा होटल एम्ब्रोसियाको योगदान रहने बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया