खोप नपाउँदा पोखराका पर्यटन व्यवसायी निराश !
पोखरा । पोखरा गण्डकी प्रदेशको राजधानी मात्र होइन पर्यटकीय नगरी पनि हो । पहिलो र दोस्रो भेरियन्टको कोरोना महामारीका कारण सबैभन्दा बढी मारमा परेको पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेर खोप उपलब्ध नगराएको भन्दै यहाँका पर्यटन व्यवसायीले गुनासो गरेका छन् ।
देशको अर्थतन्त्रमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा विशेष योगदान पु-याइरहेको पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकतमा नराखेको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । ‘हामीले पटक–पटक तीनै तहका सरकारलाई हाम्रा समस्याका बारेमा जानकारीसहित ध्यानाकर्षण गरायौँ, जिल्ला प्रशासन कार्यालयअगाडि ‘नो भ्याक्सिन, नो टुरिज्म’ को ‘प्ले कार्ड’सहित प्रदर्शन पनि ग-यौं, तर आश्वासन पायौँ, खोप पाएनौं’, उनले भने, ‘बैंकबाट ऋण लिएर गरेको लगानी धरासायी हुँदै छ, बैंकको ताकेताले व्यवसायी पलायन हुने अवस्था आइसक्यो, तर सरकारले व्यवसायीको समस्या सुन्दैन ।’ व्यवसाय पूर्ण लयमा नफर्केसम्म बैंक तथा वित्तीय संस्थाको किस्ता ब्याजसमेत तिर्न नसकिने उनको भनाइ छ । उनले भने, ‘बैंक तथा वित्तीय संस्थाबाट सहजीकरण गर्न आवश्यक छ, दुई वर्ष बैंकको ब्याज र किस्ता तिर्नसक्ने अवस्था नभएकाले पुनर्तालिकीरण गर्नुपर्ने हाम्रो माग छ ।’ पर्यटन क्षेत्रमा अग्रपङ्क्तिमा खटिने मजदुर, कर्मचारी व्यवसायीलाई खोप प्राथमिकतामा नराखेसम्म व्यवसायलाई सहजरूपमा सञ्चालन गर्न नसकिने उनले बताए ।
अहिले देखिएको राजनीतिक अस्थिरताले मौद्रिक नीति आउने निश्चित नभएको भन्दै खोपको सुनिश्चितासहित पर्यटनमैत्री मौद्रिक नीति छिटो ल्याउन पनि उनको आग्रह छ । नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाले सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा नराख्नु दुर्भाग्य भएको बताए । ‘अहिले सरकारले फ्रन्टलाइनरका रूपमा पर्यटन मजदुर, कर्मचारी र व्यवसायीलाई राखेर खोप प्रबन्ध गर्न सक्नुपथ्र्यो, पर्यटनबाट अर्थतन्त्र चलायमान गराउने बाटो खुला गर्नुपथ्र्यो तर सरकार पर्यटन क्षेत्रप्रति निकै अनुदार देखियो’, सापकोटाले भने, ‘नेपालका गन्तव्य कत्तिको सुरक्षित छन् भन्ने विषयमा पर्यटकले इन्क्वायरी गरिरहेका छन्, तर पर्यटन मजदुर कर्मचारीले खोप नलगाएका कारण सुरक्षित छ भनेर जवाफ दिन सकिएको छैन, धेरै बुकिङ रद्द भएका छन् ।’
सापकोटाका अनुसार प्रदेशको पर्यटनमा करिब पाँच खर्ब १५ अर्ब रूपैयाँ र पोखरामा मात्र चार खर्ब पर्यटन क्षेत्रमा लगानी छ । प्रदेशमा ७५ हजार र पोखरामा मात्रै ५० हजार मजदुर छन् । पोखरामा होटल रेष्टुराँमा करिब ५० प्रतिशत, त्यसपछि ट्रेकिङ र यातायातलगायतको क्षेत्रमा पर्यटन मजदुर छन् । ‘पर्यटनलाई महत्व नै दिइएन, खोप दिनेबित्तिकै पुनर्जागरण हुने सम्भावनमा भएको यस क्षेत्रलाई चासो नदिनु नेतृत्वको अपरिपक्कता अदूरदर्शीता हो’, उनले भने ।
आन्तरिक पर्यटन पुनरुत्थानका गण्डकी संयोजक अग्नि कँडेल पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर सर्वप्रथम पर्यटन क्षेत्रका मजदुर, कर्मचारी र व्यवसायीलाई खोप सुनिश्चित गरेर सकारात्मक सन्देश दिनुपर्ने बताउँछन् । ‘खोप सुनिश्चिता सबैका लागि आवश्यक छ र सँगसँगै अत्याधिक लगानी भएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन विज्ञको सल्लाह लिएर नयाँ योजना पनि आवश्यक छ’, कँडेलले भने, ‘खोपको व्यवस्था भए व्यवसायीले सुरक्षित महसुस गर्छन् र व्यवसाय सञ्चालनका लागि मानसिक रूपमा पनि तयार हुन्छन्, नभए असुरक्षित महसुस गरेर व्यवसाय चलाउँदा जोखिम हुन्छ, आफ्नो जीवन नै जोखिममा राखेर व्यवसायमा को अग्रसर हुन्छन् ?’ कोभिडका कारण साना तथा मझौला व्यवसायी झन् बढी मर्कामा परेका उनको भनाइ छ ।
महिला पर्यटन व्यवसायी मञ्च ओटेफका अध्यक्ष एवं पश्चिमाञ्चल होटल संघका कोषाध्यक्ष पार्वती पाण्डेले पहिलो र दोस्रो चरणको कोभिडका कारण २५÷३० प्रतिशत व्यवसायी पलायन भइसकेको अवस्था रहेको जनाउँदै पर्यटन क्षेत्रलाई खोप सुनिश्चिता आवश्यक रहेको बताए । उनले भने, ‘निकै कठिन अवस्थामा रहेका पर्यटन व्यवसायीलाई सरकारले खोपसहित राहत र पुनरुत्थानको कार्यक्रम ल्याउनुपर्छ, पुनर्कर्जाको व्यवस्था गरे पनि पूर्ण कार्यान्वयन हुनसकेको छैन, सहुलियत ब्याज दिएर व्यवसाय जोगाउनु सरकारको दायित्व हो ।’ मौद्रिक नीतिमा नै स्पष्ट उल्लेख गरी साना तथा मझौला व्यवसायीलाई पनि समेटनुपर्ने उनको भनाइ छ ।
टान पश्चिमाञ्चलका द्वितीय उपाध्यक्ष कृष्णप्रसाद आचार्यले पर्यटन क्षेत्रका मजदुर वैकल्पिक पेसा खोज्न बाध्य हुन थालेको जनाउँदै उनीहरूको दक्षताक्षमता र सीपलाई जोगाएर यही क्षेत्रमा होल्ड गरिएन भने फेरि अर्को समस्या देखिनसक्ने बताए । ‘पदप्रर्दशक तालिम लिएर लामो अनुभवले खारिएका छन्, तर अहिलेको अवस्थाले पर्यटक आउने सम्भावना न्यून छ, उनीहरूजस्तो दक्ष जनशक्ति यस क्षेत्रबाट पलायन भए भने त्यस ठाउँमा पुनः अर्को जनशक्ति ल्याउन तत्काल गाह्रो हुन्छ’, उनले भने । पर्यटन मजदुरलाई खोपको व्यवस्थासहित विकल्प सोच्नुपर्ने उनी बताउँछन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया