नगर क्षेत्रका नहर रोडबाट शुल्क नउठाउन अदालतको आदेश
कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगर क्षेत्रका नहरका रोडबाट शुल्क नउठान उच्च अदालतले अन्तरिम आदेश दिएको छ । उच्च आदालत दिपायल महेन्द्रनगर इजलासले जल उपभोक्ता संघ प्रथम चरण क्षेत्रीय समितिको नाममा वेदकोट नगरका रोडबाट शुल्क नउठाउन आदेश दिएको हो । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका सूचना अधिकारी राजेन्द्र चन्दले न्यायाधीश प्रभा बस्नेत र कृष्णलाल भट्टराईको संयुक्त इजलासले विपक्षी सिँचाइ समितिका नाममा सर्भिस रोड शुल्क संकलन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश दिइएको बताए ।
कञ्चनपुरका उद्यमी व्यवसायी तेज बहादुर चन्दले वेदकोट नगरपालिका क्षेत्रमा रोडमा सवारीसाधन चलाएबापत नगर तथा सिँचाइ उपभोक्ता समिति दुवैले कर लिने भएकाले व्यवसायी दोहोरो मारमा परेको भन्दै उच्च आदालत दिपायलमा उत्प्रेषण परमादेशका लागि जल उपभोक्ता संघ प्रथम चरण क्षेत्रीय समितिविरुद्ध रिट दायर गरेका थिए ।
उच्च आदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधीशद्वय बस्नेत र भट्टराईको संयुक्त इजलासले दिएको अन्तरिम आदेशमा वेदकोट नगरपालिकाभित्रका शाखा सडकहरूबाट विपक्षीहरूले शुल्क उठाउन पाउने अधिकार विपक्षीहरूलाई नभएको भन्ने रिट निवेदनकहरूले मुख्य निवेदन जिकिर रहेको परिप्रेक्ष्यमा संविधानको धारा ५७(४) स्थानीय सरकार सञ्चालन ऐन ०७४ को प्रतिकूल हुनेगरी नगरपालिकाले निर्माण गरेका शाखा सडकहरूमा विपक्षीले शुल्क लगाउन पाउने भन्ने सम्झौता कहीँकतै उख्लेख भएको नदेखिएको आदेशमा उल्लेख गरिएको छ ।
रिट निवेदकहरूबाट विपक्षीले सिँचाइ सेवा शुल्क लिन पाउने भन्ने स्पष्ट कानुनी व्यवस्था अभाव देखिएकाले विपक्षी जल उपभोक्ता समितिले प्रकाशन गरेको ०७७ चैत २९ को सूचनाबमोजिमको ठेक्का प्रक्रियालाई अगाडि नबढाउनु र रिट निवेदनकहरूबाट कुनै सर्भिस रोडमा शुल्क संकलन नगर्न नगराउन रिट निवेदनको टुंगो नलाग्दासम्म निरन्तरता प्रदान गरिएको छ । आदालतको उक्त आदेशसँगै वेदकोट नगरक्षेत्रमा गुड्ने सवारीसाधनका व्यवसायीलाई न्याय मिलेको व्यवसायीले बताएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया