तीन महिनामा दुई करोड ३९ लाखबराबरको अवैध सामान बरामद
काठमाडौं । नेपाल–भारत सीमाबाट अवैध रूपमा ओसारप्रसार गरिएका विभिन्न मालसमानहरू बरामद गरी सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हेड क्वाटर रूपन्देहीले पछिल्लो तीन महिनामा दुई करोड ३९ लाख छ हजार ८८ रुपैयाँ राजस्व संकलन गरेको छ । उक्त गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीका अनुसार तीन महिनाको अवधिमा गणसहित मातहतका ३७ वटा कार्यालयहरूको सक्रियतामा उक्त मूल्यबराबरको अवैध सामानहरू बरामद गरी भन्सार कार्यालय बेलहिया पठाएको हो ।
त्यस्तै, कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा अवैध कारोबार बढ्दै गएको पाइएको छ । आर्थिक वर्ष २०७५/७६ मा दुई करोड २३ लाख ९० हजार रुपैयाँबराबरको अवैध सामान बरामद गरेको कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा चार करोड ३६ लाख २२ हजार तीन सय १४ रुपैयाँबराबरको अवैध समानहरू बरामद गरेको थियो । त्यस्तै गत आर्थिक वर्षमा कार्यालयले पाँच करोड ५५ लाख ९० हजार ५५ रुपैयाँबराबरको अवैध मालसमान बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बेलहिया पठाएको छ ।
उपरीक्षक उप्रेतीका अनुसार कार्यालयले गत आर्थिक वर्षको साउनमा २४ लाख २२ हजार चार सय २७ रुपैयाँ, भदौमा ४३ लाख ७० हजार २० रुपैयाँ, असोजमा २७ लाख १७ हजार आठ सय आठ रुपैयाँ, कात्तिकमा २४ लाख ४९ हजार तीन सय ९७ रुपैयाँ, मंसिरमा ५७ लाख २९ हजार छ सय ३५ रुपैयाँ, पुसमा २९ लाख ७४ हजार आठ सय आठ रुपैयाँ, माघमा ४८ लाख ६४ हजार नौ सय ४५ रुपैयाँ, फाल्गुणमा ६७ लाख ३६ हजार ६२ रुपैयाँ, चैतमा एक करोड २७ लाख ६० हजार दुई सय २५ रुपैयाँ, वैशाखमा ५७ लाख ७४ हजार नौ सय २५ रुपैयाँ, जेष्ठमा २६ लाख २९ हजार दुई सय ५५ रुपैयाँ र असारमा २२ लाख १३ हजार चार सय आठ रुपैयाँबराबरको अवैध सामान बरामद गरेको थियो ।
धनुषा नं. ८ गणमा रहँदा अवैध सामान बरामदमा उल्लेख्य सफलता पाएका सशस्त्र प्रहरी उपरीक्षक उप्रेती तीन महिनाअघि मात्र रूपन्देहीमा सरुवा भई आएका हुन् । आएको छोटो समयमै झण्डै साढे दुई करोड रुपैयाँबराबरकोे अवैध मालसमान बरामद हुनुले सशस्त्र प्रहरीको सक्रियता बढ्दै गएको अनुमान गर्न सकिन्छ । यति कडा सुरक्षा व्यवस्था मिलाउँदा अझै पनि सुरक्षा निकायहरूको आँखा छलेर अवैध सामान ओसारपसार भइरहेका छन् ।
वर्षायाममा नदीनालाहरू बढ्ने र तर्नसक्ने अवस्था नहुँदा सीमित ठाउँबाट चोरी निकासी हुँदा अवैध कारोबार रोक्न सहज भए पनि खुल्ला सीमानाका कारण हिउँदमा भने त्यो अवस्था नरहेको प्रहरीको भनाइ छ । अवैध चोरी निकासी रोक्नको लागि सुरक्षा निकायजस्तै आम नागरिक पनि केही सक्रिय भएर सहयोग गरेको अवस्था अवैध ओसारपसारलाई निरुत्साहित गर्न सहज सशस्त्र प्रहरी उपरीक्षक उप्रेती बताउँछन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया