विदेशका नेपाली श्रमिक उद्धार र पुनर्स्थापनामा राहतमुखी कार्यक्रम ल्याउन माग
काठमाडौं । गैरआवासीय नेपाली संघले विदेशमा रहेका नेपाली श्रमिकहरुको उद्धार र पुनर्स्थापनामा राहतमुखी कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ । संघको एक प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटी विदेशमा रहेका नेपाली श्रमिकहरुको उद्धार, नेपाल ल्याइएका श्रमिकहरुको पुनर्स्थापनालगायतका विषयमा यथाशक्य छिटो राहतमुखी कार्यक्रम ल्याउन आग्रह गरेका हुन् ।
यस्तै भेटमा संघका अध्यक्ष कुमार पन्तले हालसम्म संघले नेपाल सरकारसँग गरेको सहकार्यबारे स्मरण गराउँदै लामो समयदेखि संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विधेयक अगाडि बढाउन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए । यस्तै संघका पूर्वअध्यक्ष जीवा लामिछानेले बेलायतमा रहेका बिट्रिश गोर्खाको सत्याग्रहको विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउँदै उनीहरुको समस्या समाधानका लागि बेलायत सरकारसँग कूटनीतिक रुपमा पहल गरिदिन आग्रह गरे । उनले पनि लामो समयदेखि संसद्मा विचाराधीन रहेको गैरआवासीय नेपाली नागरिकताको विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए ।
भेटमा प्रधानमन्त्री देउवाले संविधानमा व्यवस्था भएबमोजिम छिट्टै गैरआवासीय नेपाली नागरिकतालगायतका विषय टुंगो लगाउने प्रतिबद्धता व्यक्त गरेका थिए । संघको प्रतिनिधिमण्डलमा संघका उपाध्यक्षद्वय सोनाम लामा, रविना थापा, गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटा, संघका कार्यकारी प्रमुख राजेश राणालगायतको सहभागिता रहेको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया