Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधलापिलाङमा पहिरोले ४ सय जनाको खेतीयोग्य जमिन नष्ट, १५ परिवार सुकुम्बासी बने

लापिलाङमा पहिरोले ४ सय जनाको खेतीयोग्य जमिन नष्ट, १५ परिवार सुकुम्बासी बने


दोलखा । जिल्लाको उत्तरी भेग लापिलाङको रानीवन र घट्टे खोलामा गएको पहिरोले चार सय जना स्थानीयको खेतीयोग्य जमिन बगाएको छ । पहिरोले कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ का चार सय घरपरिवारको हजारौँ रोपनीमा खेत र बारी पहिरोले बगाएको वडा कार्यालयले तथ्यांक निकालेको छ ।

गत वर्ष र यस वर्ष लगातार गएको पहिरोले चार सय पाँच जनाको खेतीयोग्य जमिन पहिरोले बगाएको सोही वडाका वडा अध्यक्ष सुबास थामीले जानकारी दिए । केही दिनअघि वडालाई बागमती प्रदेश सरकारले क्षति र पीडितको तथ्यांक तत्काल निकाल्न निर्देशन दिएअनुसार वडाले पीडितको तथ्यांक संकलन गरेको हो । त्यसैगरी बस्ने घर र पहिरोले गरिखाने खेतबारी बगाउँदा १५ घर परिवार सुकुम्बासी बनेका छन् । यस्तै वडा नम्बर ५ को कारोबारी, देवी थान, कात्तिके लगायतका सयौं घर परिवार अहिले पनि पहिरोको उच्च जोखिममा रहेका छन् ।

गतवर्षको पहिरोले यहाँका नौ घरपरिवारलाई घरविहीन बनाएको थियो । वडा कार्यालय भवन समेत पहिरोको उच्च जोखिममा रहेको वडाध्यक्ष थामीले बताए । मंगलबार पहिरोको निरीक्षण गर्न लापीलाङ पुगेका नेपाली कांग्रेस कालिञ्चोक गाउँपालिका सभापति अर्जुन शिवाकोटीलगायतको टोलिसंग स्थानीयले पहिरोको कारण आफू सुकुम्बासी बासी बनेको र दैनिक गुजारा चलाउन समस्या भएको बताए ।

पहिरोपीडित मान बहादुर थामीले अहिले पनि पहिरो निरन्तर बगिरहेको हुँदा अझै पहिरो माथीको बस्ती नै बगाउनसक्ने जोखिम रहेको बताए । पहिरोले धर्म खत्री, पुण बहादुर खड्का, रुकमला थामीलगायतको घरलाई आधा भाग चरकाएर राखेको छ । गत वर्षको पहिरोबाट गणेश थामी, पुस्कर थामी, लालमान थामी, दिलबादुर थामी, सन्तकुमार थामी, सुजन थामी, लक्ष्मण थामी, अमर थामी र सरिता थामीको घर पुर्ण रुपमा क्षति भएको थियो । उनीहरु अहिले घरबारविहीन बनेका छन् । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x