Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबीमा रकममा २५ प्रतिशत कटौती गरेकोमा किसान संगठनद्वारा विरोध

बीमा रकममा २५ प्रतिशत कटौती गरेकोमा किसान संगठनद्वारा विरोध


काठमाडौं । किसानले पाउने बीमा रकममा २५ प्रतिशत कटौती गरेको भन्दै चार किसान संगठनहरुले विरोध जनाएका छन् । किसानले गरेको खेतीपाती र पशुपालनमा विभिन्न रोगव्याधी, प्राकृतिक प्रकोप आदिले हुने क्षतिमा वित्तीय सुरक्षा प्रदान गर्न र कृषि क्षेत्रमा थप लगानीका लागि प्रोत्साहन दिन दिइँदै आएको ७५ प्रतिशत बीमामा सरकारले कटौती गरी ५० प्रतिशतमा झारेकोमा उनीहरुले आपत्ति जनाएका हुन् ।

अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले बुधबार संयुक्त विज्ञप्ति जारी गरी उक्त निर्णय सच्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनेक कारणले कृषि क्षेत्र अनाकर्षक र उपक्षित भइरहेको र किसानको लागत पनि उठ्न नसक्ने स्थितिबाट गुज्रिरहेको बेला किसान वर्गलाई खेतीपाती र पशुपन्छी पालनमा थप प्रोत्साहन र राहत दिने कदम चाल्नुपर्ने र चालिएका कदमलाई अझ उन्नत बनाउनुपर्ने बेलामा बीमा रकम कटौती गर्ने सरकारले हचुवा निर्णयले किसानलाई समस्यामा पारेको चार किसान संगठनको भनाइ छ । किसानले पाएको न्यूनतम ७५ प्रतिशतको बीमा सुविधा कायम राख्न र यसलाई अझ बढाउँदै लैजान पनि चार किसान संगठनले माग गरेका छन् । साथै उनीहरुले बीमा सुविधा कटौतीको विरुद्ध आवाज उठाउन पनि किसानहरुसँग आग्रह गरेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x