Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधलुम्बिनी प्रदेश चेम्बरको पहिलो साधारणसभा

लुम्बिनी प्रदेश चेम्बरको पहिलो साधारणसभा


काठमाडौं । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको प्रथम साधारणसभा तथा अधिवेशन बुटवलमा आयोजित एक कार्यक्रमका बीच सम्पन्न भएको छ । उक्त साधारणसभाले लुम्बिनी चेम्बर अफ कमर्सको १६ जना कार्यसमितिमध्ये १२ जना सदस्य समेत चयन गरेको छ ।

लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष टंक प्रसाद पोखरेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले निर्विरोध निर्वाचित सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा उनले आयातित व्यापारलाई निरुत्साहित गरी उत्पादनमुखी अर्थतन्त्रमा ध्यान दिनुपर्ने बताए ।

त्यसैगरी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले लुम्बिनी प्रदेशमा रहेको २९ प्रतिशत कृषि योग्य भुभागको समुचित प्रयोग गरी कृषिमा जोड गरी आत्मनिर्भर हुनुपर्ने, कृषिमा आधारित उद्योग व्यवसायको विकास र निर्यातमुखी व्यवसाय सञ्चालन गर्न सबै तहका चेम्बरहरूको ध्यान जानुपर्ने बताए । साथै उनले सबै व्यवसायीहरू एकत्रित भई सहकारी वा कम्पनीको रुपमा कृषि, पशुपालनजन्य तथा जडीबुटीजन्य उद्योग व्यवसाय सञ्चालनमा लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सदस्यमा चयन भएका सबैलाई निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता विनोद गौतमले शपथ ग्रहण गराएका थिए । प्रथम साधारणसभाबाट चयन भएका सदस्यहरूको प्रथम बैठकले समितिको उपाध्यक्षमा श्रीधर महरा, महासचिवमा झविन्द्र कंडेल, सचिवमा चिरञ्जीवी पोखरेल, कोषाध्यक्षमा युवराज न्यौपाने चयन भएका छन् ।

यस्तै सदस्यहरूमा उदयराज लम्साल, यम कुमारी सुवेदी, मदन खड्का,पदम पोखरेल, जय प्रकाश गुप्ता, सुकदेब बेल्वासे, खिम बहादुर खत्री, उमानाथ घिमिरे, मनोनीततर्फ शिव ज्ञवाली, महिलातर्फ मञ्जु पराजुली चयन भएका छन् । प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष नेपाल चेम्बर अफ कमर्स कार्यसमितिले चयन गर्ने र अन्य पदमा जिल्ला, महानगर, उपमहानगर, नगर, गाउँपालिका तथा वडा चेम्बरहरूबाट निर्वाचन हुने वैधानिक व्यवस्था रहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x