Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभीमदत्तमा रोजगार कार्यक्रममार्फत करिब दुई सय जनालाई रोजगारी

भीमदत्तमा रोजगार कार्यक्रममार्फत करिब दुई सय जनालाई रोजगारी


कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा झण्डै दुई सय जनालाई रोजगारी दिएको छ । गत आर्थिक वर्षमा सञ्चालन गरिएको रोजगार कार्यक्रममार्फत एक सय ९५ जनालाई रोजगारी दिइएको नगरपालिकाले जनाएको छ ।

भीमदत्त नगरपालिकाका रोजगार संयोजक केशव विष्टले नगरपालिकाका ६ वडामा कार्यक्रम सञ्चालन गरिएको बताए । उनका अनुसार नगरपालिकाले वडा नम्बर १, ३, ९, १०, १५ र १९ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन ल्याएको हो । जसअन्तर्गत वडा नम्बर १ मा ४५ जनाले रोजगारी पाएका छन् । त्यहाँ कार्यक्रममार्फत मणिदिप धामदेखि विष्णु मन्दिरसम्म ४ किलोमिटर फुटपाथ निर्माण गरिएको छ । त्यस्तै वडा नम्बर ३ मा विष्णु मन्दिरदखि मलास जाने एक किलोमिटर बाटो निर्माण गरिएको छ । उक्त योजनामा ४० जनाले रोजगार पाएको संयोजक विष्टले बताए ।

त्यस्तै कार्यक्रमअन्र्तगत वडा नम्बर ९ मा ब्रह्मदेवदेखि खल्ला–मसेट्टी जाने बाटो निर्माण गरिएको उक्त योजनामा ५३ जनाले रोजगार पाएका छन् । वडा नम्बर १० को शान्ति सामुदायिक वनमा कार्यक्रमअन्तर्गत पार्क निर्माण गरिएको छ । पार्क निर्माणमा २८ जनाले रोजगारी पाएका छन् । रोजगार कार्यक्रमअन्तर्गत वडा नं. १५ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र मानव बस्तीबीचको क्षेत्रमा २ किलोमिटर ट्रेञ्च खन्ने काम भएको संयोजक विष्टले बताए । उनका अनुसार उक्त योजनामा १९ जनाले रोजगारी पाएका थिए । वडा नम्बर १९ मा भने रोजगार कार्यक्रमअन्र्तगत सिद्धनाथ स्कुलको खेलमैदान निर्माण गरिएको छ । विद्यालयको पुरानो जीर्ण अवस्थामा रहेको भवन भत्काएर खेल मैदान निर्माण गरिएकोमा त्यहाँ ९ जना स्थानीयले रोजगारी पाएको छन् ।

कोरोना संक्रमणका कारण गरिएको लकडाउनले कार्यक्रम प्रभावित भएको संयोजक विष्टको भनाइ छ । उनका अनुसार कार्यक्रम सुरु हुने समयमा लकडाउन भएपछि योजना पूर्णरूपमा कार्यान्वयन हुन सकेन । सबै वडामा रोजगार कार्यक्रम सञ्चालन गर्ने योजना भए पनि लकडाउनमा कारण ६ वडामा मात्रै कार्यक्रम सञ्चालन गर्न सकिएको हो । रोजगार कार्यक्रमअन्र्तगत एक सय ९५ जनालाई ६५ लाख २१ हजार ज्याला उपलब्ध गराइएको छ । संघीय सरकारले कामदारको दैनिक ज्याला मात्रै उपलब्ध गराएकोमा नगरपालिकाले विभिन्न आवश्यक औजार समेत खरिद गरी योजना कार्यान्वयन गराएको हो ।

गत वर्ष १४ किलोमिटर सडक कालोपत्रे, ६० किलोमिटर बढी स्तरोन्नति
यस्तै भीमदत्त नगरपालिकाले गत आर्थिक वर्षमा १४ किलोमिटर बढी सडक कालोपत्रे गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाले सञ्चालन गरेका योजनामार्फत उक्त सडक कालोपत्रे गरिएको हो । नगरपालिकाले सञ्चालन गरेका विभिन्न योजनामार्फत नगरपालिकामा १४ किलामिटर सडक कालोपत्रे भएको छ भने ६० किलोमिटर सडक स्तरोन्नति गरिएको छ ।

नगरपालिकाका इन्जिनियर हिमालय सिंह ऐरका अनुसार सडक स्तरोन्नतिअन्तर्गत ग्राभिलिङ, सडक विस्तार, नयाँ ट्र्याक खोल्नेलगायतको काम गरिएको छ । भने त्यस्तै कच्ची सकड कालोपत्रे गरिएको छ । नगरपालिकाले नगरको सबै क्षेत्रमा सडक सञ्जाल विस्तार गरी कालोपत्रे गर्ने योजना बनाएको छ । नगरपालिकाले नगरका सबै क्षेत्र जोड्न नगरको भित्री र बाह्य चक्रपथ निर्माण गरिरहेको छ । भने वर्षौँदेखि सडकबाट वञ्चित उत्तरी क्षेत्रमा जैविक धार्मिक पर्यटन मार्ग निर्माणकार्यलाई पनि निरन्तरता दिएको छ । साथै ब्रह्मदेवदेखि खल्ला–मुसेट्टी जानेबाट समेत स्तरोन्नति गरिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x