Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसानिगाड नदीको बाँधलाई भत्काउन सेनाले विस्फोट गर्ने

सानिगाड नदीको बाँधलाई भत्काउन सेनाले विस्फोट गर्ने


 बझाङ । बुधबारदेखि अविरल रूपमा परेको वर्षाका कारण आएको पहिरोले सानीगाड थुनिएपछि नेपाली सेना परिचालन गरिएको छ । कालंगा हाइड्रोको सहकार्यमा थुनिएको नदी खोल्न नेपाली सेना परिचालन गरिएको हो । बझाङको बुंगल नगरपालिका ७ मा पहिरो गई शुक्रबार दिउँसो सानीगाड थुनिएपछि दुई घर पुरिएका थिए । सानीगाड खोलाको माथिबाट आएको पहिराले नदी थुनिएर ताल बनेको छ ।

उक्त थुनिएको नदी खोल्नलाई शनिबार बिहान नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ । टोलीले थुनिएको नदीको बाँधलाई भत्काउन विस्फोट गर्ने प्रमुख जिल्ला अधिकारी महोन अधिकारीले बताए । सानीगाड र कालंगा नदीको आसपासका बस्तीहरू जोखिम रहेकाले सचेत रहन सबैलाई आग्रह समेत गरेको उनले बताए । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रूपक खड्काले पहिरोले वडा नम्बर ६ का दुई घर पुरेर पूर्णरूपमा क्षति भएको जानकारी दिए  ।

पहिले घर पुरिँदा मानवीय क्षति नभए पनि गोठमा रहेका पशुचौपाया मरेका समेत बताए । घर पुरिँदा स्थानीय बले धामीका तीन भैँसी, दुई गोरु, सात बाख्रा, नरेन्द्र धामीका चार गाई, दुई गोरु र धने दमाईका दुई गाई पहिरोमा पुरिएर मरेको जिल्ल प्रहरी कार्यालयले जनाएको छ । घर पुरिएर विस्थापित भएका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको समेत जानकारी दिए ।

कालंगा र सानीगाड आसपासका दुई दर्जनभन्दा बढी गाउँहरू जोखिममा परेका छन् । यसका साथै नदीले बुंगल क्षेत्रका गाडको आसपासका क्षेत्रमा भएका सयौँ रोपनी खेतीयोग्य जमिन कटान गरेको छ भने हजारौं रोपनी खेतीयोग्य जमिन समेत जोखिममा परेका छन् । बुंगल नगरपालिकाका प्रमुख धनबहादुर विष्टले पनि सानीगाड तथा कालंगागाड आसपासका बस्तीमा सचेत रहन आग्रह गरेका छन् । नदीको बहाब बढ्दै गई रहेकाले नदी आसपासका बस्तीहरूलाई सचेत रहन आग्रह समेत गरेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x