Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसदरमुकाम चैनपुर जोड्ने सडक भासिँदा आवतजावतमा समस्या

सदरमुकाम चैनपुर जोड्ने सडक भासिँदा आवतजावतमा समस्या


बझाङ । बझाङको सदरमुकाम चैनपुर जोड्ने सडक भासिँदा आवतजावतमा समस्या भएको छ । सिमखेत बसपार्क नजिकै रहेको डाँफे रिर्सोट नजिकै सडक भासिएपछि चैनपुर बजार आवतजावत गर्ने ठूला सवारीसाधनहरू रोकिने गरेका छन् । लगातार २/३ दिनको अविरल वर्षाले शनिबार सडक भासिएको हो ।

सडक भासिँदा सदरमुकाम चैनपुरदेखि सिमखेत हुँदै, आवतजावत गर्न निकै कठिन भएको स्थानीय लोकेन्द्र सिंहले बताएका छन् । सडक भासिएर आवतजावतमा समस्या भए पनि जयपृथ्वी नगरपालिकाले भने बेवास्ता गरेको स्थानीयको आरोप छ । जिल्ला प्रशासन कार्यालयले भने सडक भासिएको खबर आएपछि निर्माण सुरु गरिएको जनाएको छ । जसका लागि ग्वाललेक निर्माण सेवालाई काम गर्ने जिम्मा दिएको प्रशासनले जनाएको छ । ग्वालले निर्माण सेवाका इन्जिनियर विसा ज्ञवालीका अनुसार काम सुरु भई सकेको र माटो फिलिङ गर्दै सडक चाँडै सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताए । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x