Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसोलुखुम्बुको तिङ्लामा निःशुल्क स्वास्थ्य शिविर, पाँच सयभन्दा बढीले सेवा लिए

सोलुखुम्बुको तिङ्लामा निःशुल्क स्वास्थ्य शिविर, पाँच सयभन्दा बढीले सेवा लिए


सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लामा तीन दिन सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीले सेवा लिएका छन् । गैरसरकारी संस्था मदत नेपालको आर्थिक तथा नगरपालिकाको समन्वयमा रोक्पा कोभिड राहत निःशुल्क स्वास्थ्य शिविरद्वारा आयोजित स्वास्थ्य शिविरमा पाँच सय ५० जनाले सेवा लिएको आयोजकले जनाएको छ ।

मदत नेपालका को–अडिनेटर रूपक दासका अनुसार कोभिडको महामारीको समयमा दीर्घरोगी, अशक्तसहितका व्यक्तिहरूलाई गाउँमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको हो । शिविरमा दम, प्रेसर, सुगर, रुघाखोकी, ज्वरोजस्ता रोगहरूको उपचार गर्नुका साथै निःशुल्क औषधि समेत वितरण गरिएको उनले बताए । शिविर बुधबार र बिहीबार तिङ्ला स्वास्थ्य चौकीमा र शुक्रबार बेलिडाँडामा सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

तिङ्ला स्वास्थ्य चौकीमा तीन सय ३८ जना र बेलिडाडामा दुई सय १२ जनाले सेवा लिएको जनाइएको छ । समापन कार्यक्रममा बोल्दै नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले नगरपालिकाले नगरबासीको सेवाका लागि गैरसरकारी संस्थासँग सहकार्य गरी शिविरको आयोजना गरेको बताए । महामारीको समयमा समेत नागरिकको सेवामा तल्लीन भएको भन्दै आयोजक तथा सहयोगी संस्थालाई नगरप्रमुख शेर्पाले धन्यवाद ज्ञापन गरे । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x