ग्रामीण क्षेत्रका विद्यालयमा पनि प्राविधिक शिक्षाको पठनपाठन
दोलखा । दोलखाका विभिन्न दुर्गम भेगका सामुदायिक विद्यालयमा समेत प्राविधिक शिक्षाको पठनपाठन हुन थालेको छ । केही समयअघिसम्म सहरी क्षेत्रमा मात्रै पठनपाठन हुने प्राविधिक शिक्षाको पहुँच हाल ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा समेत पुग्न थालेको हो ।
मेलुङ गाउँपालिकाको त्रिभुवन मावि मेलुङमा हाल सिभिल इन्जिनियरिङको पठनपाठन सुरु भएको छ । त्रिभुवन मावि मेलुङका प्रधानाध्यापक सन्तोष श्रेष्ठले प्राविधिक शिक्षाको पठनपाठन सुरु गरेको बताए । उनका अनुसार यस विद्यालयमा प्राविधिक शिक्षा पढ्नको लागि जुम्ला, हुम्ला, गोर्खालगायतका दुर्गम जिल्लाबाट विद्यार्थी पढ्न आएका छन् ।
विद्यालयमै महिला तथा पुरुष विद्यार्थीको छात्रावाससहित स्थानीय सरकार तथा विद्यालयको सहयोगमा प्राविधिक कक्षा सञ्चालन गरेको उनले जानकारी दिए । त्यसैगरी जिल्लाको शैलुङ गाउँपालिकाको शारदा माध्यमिक विद्यालयले कृषि क्षेत्रको तीन वर्षे बाली विज्ञान र १८ महिने भेटेनरी जेटिए कक्षाको पठनपाठन सुरु गरेको छ ।
विद्यार्थीलाई व्यावसायिक रोजगारमूलक शिक्षामा विकास गरी आत्मनिर्भर बनाउने उद्देश्यले विद्यालयमा प्राविधिक कृषि कार्यक्रममा कक्षा सञ्चालन गरेको शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक नेत्रबहादुर थपलियाले जानकारी दिए । विद्यार्थीलाई कृषिमा प्रयोगात्मक तालिममा दिन गाउँपालिकामै विभिन्न कृषि फार्म रहेकाले पनि विद्यार्थीहरू कृषि अध्ययन गर्न आउने गरेको विद्यालयले जनाएको छ । भूकम्पपछि दोलखाका दर्जनौँ विद्यालयले प्राविधिक शिक्षाको पठनपाठन सुरु गरेका छन् ।
जिल्लाको दुर्गम गाउँ लापिलाङमा पनि प्राविधिक विषयमा पठनपाठन हुनेगरेको छ । त्यसैगरी चरीकोटका निजी कलेजमा झन् प्राविधिक कार्यक्रममा पठनपाठन गराउने प्रतिस्पर्धा नै चलेको छ । केही वर्षअघिसम्म दोलखाको चरीकोट र जिरीमा मात्र प्राविधिक शिक्षालयहरू थिए । तर अहिले जिल्लाका सबै स्थानीय तहरूमा प्राविधिक शिक्षाको पठनपाठन हुनेगरेको छ ।
देशकै पुरानो शिक्षालय जिरी, चरीकोट नर्सिङ कलेज, सर्व माध्यमिक विद्यालय जिलु, बैतेश्वरको हनुमन्तेश्वर उच्च माध्यमिक विद्यालय, कालिन्चोक माध्यमिक विद्यालयलगायतका पुराना स्कुलमा पनि प्राविधिक धारका विषयमा पठनपाठन हुँदै आएको छ । ३ वर्षे डिप्लोमा तहमा प्राविधिक विषयको पठनपाठन सुरु भएसँगै जिल्लाका धेरै जसो विद्यार्थीको रोजाइ पनि प्राविधिक शिक्षा बन्न पुगेको सदरमुकाम चरीकोटमा १८ महिने प्राविधिक निर्माण र सर्भे इन्जिनियरिङ विषयको कक्षा चलाउँदै आएका रेशम राजस्वराज रिमालको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया