Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबझाङमा ८९ करोड ७३ लाख बजेट फ्रिज

बझाङमा ८९ करोड ७३ लाख बजेट फ्रिज


बझाङ । बझाङमा केन्द्रीय सरकार र प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ का लागि सरकारी कार्यालय तथा स्थानीय तहहरूलाई पठाएको रकममध्ये ८९ करोड ७३ लाख रूपैयाँ फ्रिज भएको छ ।

संघीय सरकारले जिल्लामा पठाएको चालूतर्फ पाँच अर्ब ४९ करोड ८२ लाख ७१ हजार दुई सय १४ रूपैयाँ र पुँजीगततर्फ ३७ करोड ५९ लाख ३६ हजार रकममध्ये चालूतर्फ ३६ करोड ३६ लाख २२ हजार आठ सय ७२ र पुँजीगततर्फ सात करोड ५२ लाख ९२ हजार नौ सय १६ रूपैयाँ फ्रिज भएको हो । यस्तै प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ का लागि पठाएको चालूतर्फ ९९ करोड ६३ लाख ३५ हजार पाँच सय रूपैयाँ र पुँजीगततर्फ एक अर्ब सात करोड १८ लाख ८१ हजार रूपैयाँमध्येबाट चालूतर्फ १३ करोड ३० लाख ३६ हजार नौ सय ८५ रूपैयाँ र पुँजीगततर्फ ३२ करोड ५३ लाख ७३ हजार पाँच सय ७० रूपैयाँ फ्रिज भएको हो ।

संघीय सरकारबाट प्राप्त चालूतर्फको बजेटमध्ये करिब ९३ दशमलव ३८ प्रतिशत र पुँजीगततर्फ ७९ दशमलव ९७ प्रतिशत बजेट खर्च भएको छ । प्रदेश सरकारबाट प्राप्त बजेटमध्ये चालूतर्फ करिब ८६ दशमलव ६४ प्रतिशत र पुँजीगततर्फ करिब ६९ दशमलव ६४ प्रतिशत खर्च भएको छ ।

१० गाउँपालिकाले शसक्त र समपूरक, विशेषअन्तर्गतको बजेट काम गर्न नसकेर रकम फिर्ता गरेका छन् । जसमा साइपालले ११ लाख ८८ हजार छ सय ७२ रूपैयाँ, छबिसपाथीभेराले एक करोड ६४ लाख २३ हजार रूपैयाँ, बित्थडचिरले दुई करोड ९४ लाख ७७ हजार ६२ रूपैयाँ, केदारस्युँले दुई करोड ८८ लाख ७९ हजार एक सय २७ रूपैयाँ, तलकोटले ५१ लाख ८९ हजार ६ सय ३० रूपैयाँ, दुर्गाथलिले ९६ लाख ३८ हजार पाँच सय ७६ रूपैयाँ, सुर्माले एक करोड ४६ लाख ९७ हजार तीन सय २४ रूपैयाँ रकम फिर्ता पठाएको छ । त्यस्तै मष्टाले ७५ लाख ७६ हजार एक सय १० रूपैयाँ, खप्तडछान्नाले एक करोड ७५ लाख नौ हजार नौ सय ४४ रूपैयाँ र थलारा गाउँपालिकाले तीन करोड २६ लाख २८ हजार दुई सय ८० रूपैयाँ खर्च गर्न नसकेर रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बझाङका प्रमुख शेरबहादुर विष्टले बताए ।

साथै बझाङका दुईवटा नगरपालिका जयपृथ्वी नगरपालिका र बुंगल नगरपालिकाले फ्रिज हुनुपर्ने रकम फिर्ता नगरेको र असार ३० गते नै सिस्टम बन्द हुन्छ भनेर जानकारी पाए पनि रकम फिर्ता नगरेको बताए । खाता रोक्का गर्ने अधिकार भने कार्यालयलाई नभएको लेखा नियन्त्रक विष्टको भनाइ छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x