Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधतीन सातापछि चरीकोटमा निषेधाज्ञा खुकुलो

तीन सातापछि चरीकोटमा निषेधाज्ञा खुकुलो


दोलखा । कोरोना संक्रमितको संख्या पछिल्लो दिनमा घट्दै गएपछि सदरमुकाम चरीकोटमा तीन सातादेखि गरिएको निषेधाज्ञा खुकुलो पारिएको छ । संक्रमण वृद्धि भएको भन्दै जिल्ला प्रशासन कार्यालय दोलखाले चरीकोट बजारमा मात्र निषेधाज्ञा जारी गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय दोलखाले बुधबार एक विज्ञप्ति जारी गर्दै साँझ आठ बजेसम्म बजार खुल्न दिने निर्णय गरेको जनाएको छ । बिहीबारदेखि चरीकोट बजारका सबैखाले पसल साँझ आठ बजेसम्म खुल्नेछन् भने धार्मिकस्थल र विद्यालय भने बन्द रहनेछन् । जिल्लामा बुधबार कोरोना संक्रमितमध्ये तीन गुणा बढी कोरोनाका बिरामी निको भएका छन् । बुधबार १८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८३ जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय चरीकोटले जनाएको छ ।

चरीकोट अस्पतालमा रहेको पीसीआर ल्याबमा ३६ जनाको स्वाब परीक्षण गरिएकामा नौ जना र जिल्लाको नौ स्थानीय तहमा ५० जनाको एन्टिजिन परीक्षण गरिएकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित बिरामीहरू चरीकोट अस्पतालमा रहेका एचडीयूमा सात जना, सिंगटी अस्पतालमा दुई जना र तामाकोशी कोभिड अस्पतालमा एक जना उपचाररत छन् । कोरोना संक्रमण पुष्टि भएका तीन सय ४७ जना भने होम आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखा प्रमुख अर्जुन पौडेलले जानकारी दिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x