बाढी पहिरो र डुबानमा परी हालसम्म १ सय १६ जनाको मृत्युु
काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शुक्रबार दिउँसोसम्म एक सय १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ५३ जना पुरुष, ३४ जना महिला, १३ जना बालक र १६ जना बालिका रहेका छन् ।
बाढी पहिरो र डुबानमा परी उक्त अवधिमा एक सय ३६ जना घाइते भएका छन् । तीमध्ये ६८ जना पुरुष, ३७ जना महिला, २० जना बालक र ११ जना बालिका रहेका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ । साथै बाढी पहिरोमा परी ३१ जना बेपत्ता भएका छन् । तीमध्ये १९ जना पुरुष, छ जना महिला, पाँच जना बालक र एक जना बालिका रहेका छन् । बेपत्ताको खोजीकार्य जारी छ । बाढीपहिरोमा परेका एक हजार दुई सय ८९ जनाको विभिन्न ठाउँबाट उद्धार गरी उनीहरूलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो ।
बाढीको कारण तीन हजार एक सय ८२ वटा घर डुबानमा परेका छन् । नौ सय ७८ वटा घर, एक सय ६४ वटा गोठ, ६६ वटा पुल, आठवटा विद्यालय र १५ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने एक हजार तीन सय तीनवटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा भएका जम्मा एक हजार तीन सय ४५ वटा विपद् काम घटनाबाट एक हजार दुई सय ६९ वटा घर परिवारका छ हजार एक सय ११ जना मानिस विस्थापित भएका छन् । उक्त घटनाबाट प्रभावित स्थानहरूमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरू उद्धारमा सक्रिय रूपमा संलग्न रहेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया