पहिरोको उच्च जोखिममा दोलखाका उत्तरी क्षेत्र
दोलखा । जिल्लाको उत्तरी क्षेत्रमा पहिरोको उच्च जोखिम कायमै रहेको छ । जिल्लामा अन्य ठाउँको तुलनामा उत्तरी क्षेत्रमामा अत्यधिक वर्षा हुने हुँदा पनि बाढी पहिरोका घटना बढेको हो । गतवर्ष सो क्षेत्रमा गएको दर्जनौँ ठाउँको पहिरोले सयौँ घरपरिवारलाई विस्थापित बनाएको थियो भने केही व्यक्तिको मृत्यु समेत भएको थियो ।
त्यसैगरी यस वर्ष पनि पहिरोले सोही क्षेत्रमा सयौँ परिवारलाई विस्थापित बनाएको छ । जिल्लाको उत्तरी क्षेत्रअन्तर्गतका तीन गाउँपालिकाहरू कालिञ्चोक गाउँपालिका, बिगु गाउँपालिका र गौरीशंकर गाउँपालिका क्षेत्रमा निरन्तर पहिरोका घटना दोहोरिने गरेको कालिन्चोक गाउँपालिका अध्यक्ष विन कुमार थामीले बताए । कालिन्चोका गाउँपालिका मात्र करिब एक सय घरपरिवार पहिरोको उच्च जोखिममा रहेको अध्यक्ष थामीले जानकारी दिए । कालिञ्चोक गाउँपालिकाको वडा नम्बर ५ मा जिल्लाकै ठूलो पहिरो जाँदा हजारौँ हेक्टर खेतीयोग्य जमिन पहिरोले बगाउनुको साथै करिब ३५ घरपरिवार पहिरोले विस्थापित बनेका छन् । उनका अनुसार लापीलाङमा मात्र दुई सय घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन् । त्यसैगरी चार सय जनाले खेतीयोग्य जमीन गुमाएका छन् ।
त्यसैगरी गतसाल विगु गाउँपालिकाका वडा नम्बर ४ सिंगटी बजारको खोलिखिम बस्तीमा गएको पहिरोका कारण एक घरमा पूर्ण रूपले क्षति पुगेको छ । सडकमाथिबाट खसेको पहिरोसहितको लेदोले शान्तबहादुर थामीको घर पूर्ण रूपमा क्षति भएको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी नायब निरिक्षक भीम प्रसाद दुलालले जानकारी दिए । रातिको समयमा आएको लेदोसहितको पहिरोले घर पुरेको छ । सो परिवारका सदस्यले भागेर ज्यान जोगाउन सफल भएका थिए । सोही दिन रातिको पहिरोका कारण खोलिखिम बजारकै अन्य तीनवटा घरमा समेत पहिरोले क्षति गरेको गुनासो गाउँपालिकामा आएको विगु गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काले जानकारी दिए ।
पहिरोले भूकम्पपछि लाखौँ खर्चेर निर्माण गरेको रामबहादुर थामीको दुई तले पक्की घर बगाउँदा उनको परिवार विस्थापित बनेको पीडित थामीले गाउँपालिका जानकारी दिएको अध्यक्ष खड्काले बताए । त्यसैगरी पहिरोले अमरबहादुर थामी र मञ्जु बस्नेतको घरमा समेत क्षति पुगेको छ । पहिरोले बिगु र कालिन्चोकको मुख्य व्यापारी केन्द्र सिंगटी खोलिखिम बजारका करिब १५ घर उच्च जोखिममा परेका छन् । यस वर्ष मात्र विगु गाउँपालिकाको विभिन्न ठाउँमा गएको पहिरोले छ घरपरिवार विस्थापित बनेका छन् भने, दुई दर्जन परिवार पहिरोको उच्च जोखिममा परेको विगु गाउँपालिकाले जनाएको छ ।
त्यसैगरी पहिरोले उत्तरी सीमामै रहेको गौरीशंकर गाउँपालिकामा समेत ठूलो जनधनको क्षति गर्दै आएको छ । गौरीशंकरको दुर्गम गाउँ खारे, मार्बु, जुँगुलगायतका ठाउँमा अघिल्लो वर्ष गएको पहिरोले ३५ घर परिवार विस्थापित बनेका थिए भने, पहिरोमा परी खारेमा एक जनाको मृत्यु भएको थियो । त्यसैगरी दुई वर्ष अघिको पहिरोले बेपत्ता बनेको जुँगुका एक युवकको अहिलेसम्म पत्तो लाग्न सकेको छैन । २०७६ साल साउनमा गएको पहिरोले विस्थापित बनेका दर्जनभन्दा बढी पहिरोपीडित जुँगुवासीहरू स्थानीय सरकारले बस्ती सार्न चासो नदिदा जोखिम मोलेर पहिरोस्थलमै बसोबास गर्न बाध्य छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया