विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको बैठक सुरु
काठमाडौं । उत्थानशील स्वास्थ्य प्रणालीहरू निर्माण गर्न र स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्न स्वास्थ्य क्षेत्रका नेतृत्व प्रदायकहरूको थप प्रतिबद्धताको माग गर्दै विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको चौरतरौँ बैठक सुरु भएको छ ।
यस क्षेत्रमा विश्व स्वास्थ्य संगठनलाई शासन गर्ने निकायको रूपमा रहेको यस वार्षिक बैठकको उद्घाटन गर्दै नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा स्वास्थ्य प्रणालीहरूले अत्यावश्यक स्वास्थ्य सेवाहरू प्रदान गर्ने क्रममा क्षमताभन्दा बढी भार थेग्नु परिरहेको अहिलेको अवस्थामा यस क्षेत्रका मानिसको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि महत्वपूर्ण निर्णयहरू लिनका लागि यो बैठक आयोजना गरिएको बताए । मानवताका लागि खोप, औषधि, औजार तथा प्रविधिमा समतामूलक पहुँच सुनिश्चित गर्नु आवश्यक रहको उनको भनाइ थियो । उनले भने, ‘पहुँच नपाएकाहरूसम्म पुग्ने हाम्रो प्राथमिकता हुुनुपर्छ ।’ विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेद्रोस अधानोम घेब्रेसियसले कोभिड–१९ महामारीले अझै पनि जीवन, जीविका, समाज तथा अर्थतन्त्रमा क्षति पु-याइरहेको बताए ।
दक्षिण–पूर्वी क्षेत्रमा गत मे महिना विनाशकारी रूपमा नै संक्रमणको संख्या बढेकोमा हाल आएर संक्रमण तथा मृत्युको संख्यामा कमी आएको उनको भनाइ छ । तथापि, देशपिच्छे र ठाउँपिच्छे फरक–फरक अवस्था विद्यमान रहेको र केही स्थानहरूमा तीव्र संख्यामा संक्रमण वृद्धि भइरहेको र अस्पतालहरू भरिएको अवस्था रहेको उनले बताए । ‘हामीले अब भविष्यमा फेरि यस्तो ठूलो महामारी हुन दिनु हुँदैन र यस्तो ठूलो परिमाणमा अन्याय हुन दिनु हुँदैन’, उनले भने ।
क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपालले कोभिडले स्वास्थ्य प्रणालीहरूलाई निकै ठूलो क्षति पु¥याएको बताइन् । ‘हाम्रो सामुन्ने बहुमुखी चुनौती छ । हामीले स्वास्थ्यमा गुमाएका उपलब्धिहरूलाई पुनः प्राप्त गर्नुछ, क्षमता गुमाएका स्वास्थ्य प्रणालीहरूलाई पुनः निर्माण गर्नुछ, र यो सबै हामीले यस्तो अवस्थामा गर्नुछ जुन बेला सबै देशका सरकारहरूको राजस्वमा ठूलो दबाब सिर्जना भएको छ’, उनले भनिन् ।
यस क्षेत्रका सदस्य राष्ट्रहरूका स्वास्थ्य मन्त्री तथा स्वास्थ्यका उच्च पदाधिकारी, संयुक्त राष्ट्र संघका निकाय, साझेदार, दातृ निकाय, तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहने यस पाँच दिने भर्चुअल सत्रमा जनस्वास्थ्य आपत्कालको तयारी तथा प्रतिकार्यको सुदृढीकरण कसरी गर्ने तथा नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा भएको प्रगतिलाई कसरी अझ द्रुत बनाउने भन्नेलगायतका स्वास्थ्यसम्बन्धी मुद्दाहरूमा छलफल हुनेछ । स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्ने उद्देश्यका साथ कोभिड–१९ महामारीले क्षति पु-याएका अत्यावश्यक स्वास्थ्य सेवाहरूको ‘अझ राम्रो पुननिर्माण’ विषयमा मंगलबार मन्त्रीस्तरीय गोलमेच हुने कार्यक्रम छ । छलफल हुने अन्य मुख्य मुद्दाहरूमा खोपको कार्ययोजनाका लागि क्षेत्रीय खाका, विद्यालय स्वास्थ्यको पुनरुत्थान, र भाइरल हेपाटाइटिस, एचआईभी तथा यौनजन्य संक्रमणको अन्त्य रहेका छन् ।
क्षेत्रीय समितिको गत बैठकमा गरिएका प्रतिबद्धताहरू– सन् २०२३ सम्ममा दादुरा तथा रुबेलाको उन्मूलन, अत्यावश्यक स्वास्थ्य सामग्रीहरूमाथिको पहुँचमा अभिवृद्धि, तथा प्राथमिक स्वास्थ्य चौकीको स्तरमा नसर्ने रोगहरूसम्बन्धी सेवाहरूको प्रवाहलाई तीव्र बनाउन स्वास्थ्य प्रणालीको सुदृढीकरणका सम्बन्धमा भएका प्रगतिहरू उपर पनि बैठकमा छलफल हुनेछ । विश्वको एक–चौथाइ जनसंख्याको बसोबास रहेको यस क्षेत्रको रोगभार भने तुलनात्मक रूपमा उच्च रहेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया