लगातारको वर्षातले सोेलुका विभिन्न क्षेत्रमा पहिरो, ग्रामीण सडक अवरुद्ध
सोलुखुम्बु । लगातारको वर्षातले सोलुखुम्बुको विभिन्न क्षेत्रमा पहिरो जाने क्रम बढ्न थालेको छ । पहिरोका कारण जिल्लाका विभिन्न स्थानमा घर परिवार नै विस्थापित छन् भने अधिकांश ग्रामीण सडक प्रभावित बनेका छन् । पहिरोले केही दिनअघि सोलुदुधकुण्ड नगरपालिका ७ बारानेमा एक घर बगाएको छ भने आठ घर विस्थापित भएका छन् । यस्तै सडक भासिँदा सदरमुकामबाट जिल्लाको कोशीका क्षेत्रहरू सोताङ र महाकुलुङ गाउँपालिकातर्फको सडक जोखिम पूर्ण बनेको स्थानीय भलाकाजी कार्कीले बताए । जिल्लाको लिखुपिके गाउँपालिका दुई गोलीमा पनि पहिरोका कारण दुई घर विस्थापित बनेका छन् । निरन्तरको वर्षातले सडक खनिएको स्थानहरू चर्किँदै जाँदा पहिरोको जोखिम उच्च भएको स्थानीय भैरवकुमार बस्नेतले बताए ।
यस्तै जिल्लाको सोताङ गाउँपालिका ४ स्थित माथिल्लो रोकखोला सामुदायिक लघु जलविद्युत् आयोजनामा पहिरोले क्षति पु-याएको छ । निरन्तरको वर्षातसँगै गत सोमबार बिहान करिब सात सय मिटरमाथिबाट आएको पहिरोले विद्युत्को कुलो करिब ३० मिटर बगाएको अपरेटर हितबहादुर भुजेलले बताए । सडक सञ्जालबाट जिल्ला भित्रिने मुख्य सडक सिस्नेरी क्षेत्रमा निरन्तर ढुंगासहितको लेदो बगिरहँदा यातयात सञ्चालनमा चुनौती थपिएको चालक मानबहादुर विश्वकर्माले बताए । सो क्षेत्रमा पहिरो गइरहँदा बारम्बर सवारी सञ्चालनमा कठिनाइ बेहोर्नुपरेको यात्रु तथा चालकहरूले समेत गुनासो गरे ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया