Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधफाप्लु अस्पतालमा बिरामीको संख्या बढेको बढ्यै, तर बेड अभाव

फाप्लु अस्पतालमा बिरामीको संख्या बढेको बढ्यै, तर बेड अभाव


सोलुखुम्बु । जिल्ला अस्पताल फाप्लुमा क्षमताभन्दा झण्डै तीन गुणा बढी बिरामी भर्ना भएका छन् । बिरामीको चाप अत्यधिक हुँदा १५ बेड क्षमताको अस्पतालमा ४० जना बिरामी भर्ना भएर उपचार गराइरहेको अस्पतालका सूचना अधिकारी विजयप्रकाश ठाकुरले जानकारी दिए ।

अस्पतालको क्षमताभन्दा झण्डै तीन गुणा बढी बिरामी भर्ना हुँदा व्यवस्थापनमा चुनौती सिर्जना भएको अस्पताल विकास समितिका अध्यक्ष विरकुमार राईले बताए । अस्पतालमा नियमित रूपमा मौसमी रुघाखोकी, ज्वरो, निमोनियाजस्ता समस्याका बिरामी बढ्दै जाँदा थप ३० वटा नयाँ बेड खडा गरी उपचार गराइरहेको अध्यक्ष राईले बताए । सीमित स्रोत साधनका बीच क्षमताभन्दा बढी बिरामी भर्ना हुँदा व्यवस्थापनमा चुनौती थपिएको अस्पताल विकास समितिले जनाएको छ । यस्तै सोलुखुम्बुमा पछिल्लो समय मौसमी रुघाखोकीले बालबालिकालाई बढी सताउन थालेको पाइएको छ । पछिल्लो समय दीर्घरोगी र पाँचदेखि १० वर्ष उमेरसमूहका बालबालिकाहरूमा रुघाखोकी, ज्वरो, निमोनियालगायतका समस्या लिएर बढी आउने गरेको जिल्ला अस्पताल फाप्लुले जनाएको छ ।

फाप्लु अस्पतालमा अहिले १० जना बालबालिकाहरू भर्ना भएर उपचार गरारहेको अस्पतालका सुचना अधिकारी विजयप्रकाश ठाकुरले जानकारी दिए । उनका अनुसार भर्ना भएका सबै बालबालिकाहरूमा पोष्ट कोभिडको लक्ष्यण देखिएको छ । उनीहरूमा एन्टिजेन परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए पनि लक्ष्यण भने कोभिडकै रहेको ठाकुरले बताए । अस्पतालमा भर्ना भएका बिरामीमध्ये २५ प्रतिशत बालबालिका रहेको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x