अर्गानिक नगर अभियान : कम्पोष्ट मल र बायोग्यास प्लान्टको काम अन्तिम चरणमा
खेमराज अधिकारी
खोटाङ, माघ १४
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा निर्माण भइरहेको कम्पोष्ट मल र बायोग्यास प्लाण्टको काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकालाइ अर्गानिक नगर बनाउने अभियान अन्तरगत नगरपालिकाको वडा नम्बर २ सोल्मामा निर्माण भइरहेको कम्पोष्ट मल र बायोग्यास प्लाण्टको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।
सरकारले स्थानीय सरकारलाई दिने विशेष अनुदान वापतको ३ करोड ३२ लाखको लागतमा निर्माणाधिन कम्पोष्ट मल र बायोग्यास प्लान्टमा दिक्तेलबजार, सोल्मा तथा आसपासका स्थानबाट निस्कने जैविक पदार्थलाई प्रशोधन गरेर कम्पोष्ट मल उत्पादन गर्ने तथा मानव मलमुत्रलाई प्रयोग गरेर बायोग्यास उत्पादन गर्दै रासायिक मल र विषादीमुक्त अर्गा्निक नगर बनाउने नगरपालिकाको अभियानलाई सफल बनाउन कम्पोष्ट मल र सिएनजी (बायोग्यास) प्लाण्टको निर्माण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए । कम्पोष्ट मल र बायोग्याँसको उपकरण राख्नकालागि भ्याटसहित ४४ लाखको लागतमा ३५ मिटर लम्बाइ र २१ मिटर लम्बाइको ट्रस भवन मुकुन्द इन्दिरा निर्माण सेवाले ठेक्कामा लिएको थियो ।
प्लान्टकोलागि मेसिन जडानको ठेक्का भने काठमाडौस्थित फर्मा कल्चर समुहले लिएको छ । कम्पोष्ट मल र बयोग्याँसकालागि ट्यांकी र ट्रस भवन र घेराबाराको काम सम्पन्न भइसकेको मुकुन्द इन्दिरा निर्माण सेवाका सञ्चालक लाल बहादुर बिश्वकर्माले बताए । कम्पोष्ट मल र बायोग्यास उत्पादनकालागि हाल विद्युत पोल,ट्रान्सफर्मर लगायतका आवश्यक सामग्री ल्याएर मेसिन जडान गर्ने कार्य समेत अन्तिम चरणमा पुगेको छ ।
जडान कार्य सम्पन्न भएपछि केहि हप्तावाटै प्लान्टमार्फत उत्पादन थालिने नगरप्रमुख रिजालले बताए । प्लान्ट मार्फत उत्पादित ग्याँसलाई सिलिण्डरमा भरेर भान्छामा उपयोग गरिने र बाँकी रहेको फोहोरमैलालाई मलको रुपमा प्रयोग गरिने गरी प्लान्ट निर्माण गरिएको नगरपालिकाले बताएको छ । रासायनिक मल तथा विषादी प्रयोग गरेका कृषीजन्य उत्पादनले मानब स्वास्थ्यमा प्रतिकूल प्रभाब पार्ने भएकोले यस्ता उत्पादनलाई निरुत्साहित गर्दै नगरलाई आर्ग्निक कृषी क्षेत्रको रुपमा विकास गर्ने यो अभियान थालिएको हो । रासायनिक मल खरिदमा दिईने अनुदानमा नगरले गत बर्षदेखिनै कटौती गर्दै रासायनिक मलको विकल्पमा कम्पोष्ट प्लान्टको अबधारणा अघि सारेको हो ।
रासायनिक मल र विषादी प्रयोग गरिएका खानेकुराले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भएकोले हाल जिल्लाका अधिकांश कृषकहरुले रासायनिक मल र विषादीको विकल्प खोजिरहेका छन । तर खोटाङका अधिकांश स्थानीय तहले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने यस्ता चिजलाई विस्थापित गर्ने र रासायनिक मल तथा विषादीको विकल्प खोज्ने योजना नल्याँउदा रासायनिक मलको माग भने उस्तै रहेको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपेन राईले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया