जेम्समा पहिलो पटक डिजिटल मार्केटिङ कोर्स, अक्टोबरदेखि सञ्चालनमा
काठमाडौं । जेम्स इन्स्टिच्युट अफ हायर एजुकेसनमा पहिलो पटक डिजिटल मार्केटिङ कोर्स सञ्चालन हुँदै छ । ‘गेटिङ स्टार्टेड विथ डिजिटल मार्केटिङ’ भन्ने अभियानसहित डिजिटल मार्केटिङ इन्स्टिच्युसन, आयल्र्यान्डसँगको साझेदारीमा सञ्चालन गर्न लागिएको डिजिटल मार्केटिङ विषयसम्बद्ध छोटो अवधिको कोर्स हो ।
डिजिटल माकेर्टिङ कोर्सको विषयमा विस्तृत जानकारी गराउने उद्देश्यले जेम्स इन्स्टिच्युट अफ हायर एजुकेसनद्वारा ‘गेटिङ स्टार्टेड विथ डिजिटल मार्केटिङ’ विषयक वेबिनार कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा डिजिटल मार्केटिङ विषयमा छोटो अवधिको कोर्समा दर्ता गर्न खोज्ने उम्मेदवारहरूको सहभागिता रहेको थियो ।
यो कोर्स डिजिटल मार्केटिङ इन्स्टिच्युसन आयल्र्यान्डसँगको साझेदारीमा जेम्स जीआईएचईले नेपालमा पहिलो पटक सञ्चालन गर्न लागेको हो । कार्यक्रममा डिजिटल माकेर्टिङ कोर्सका अनुमोदन प्रदायक साझेदार डा. एलेक्स टियरनी र वैश्विक साझेदार अकाउन्ट प्रबन्धक लियम सेल प्रमुख वक्ता थिए । कार्यक्रममा पर्याप्त मात्रामा उपस्थित सहभागीहरूले उक्त कोर्सको सञ्चालन, प्रमाणीकरण र परिणामसँग सम्बद्ध विविध प्रश्नहरू गरेका थिए । ती सबै प्रश्नको उत्तर उनीहरूले दिए ।
डिजिटल मार्केटिङ व्यावसायिक कोर्स तीन महिनाको कोर्स हो । यो प्रत्यक्ष अन्तरक्रियाका साथै अनलाइन सिकाइका माध्यमबाट पनि सञ्चालन गर्न सकिने सीपमूलक कोर्स हो । डीएमआई स्वयम्ले नै प्रमाणीकरण गर्ने भएकाले यस कोर्सले विश्वव्यापी मान्यता प्राप्त गरेको छ । डिजिटल करियरको विकास गर्ने, यससम्बन्धी शिक्षालाई अभिवृद्धि गर्ने र व्यावसायिक सीप विकास गर्ने उद्देश्यले डीएमआईद्वारा सञ्चालन गरिएको यो कोर्स डिजिटल मार्केटिङ कोर्सहरूमा विश्वकै अग्रणी कोर्स हो ।
यस कोर्सका आठवटा गौण व्यावसायिक सीपका साथै १० वटा प्रमुख मोड्युल रहेका छन् । यो कोर्स डिजिटल मार्केटिङका लागि सक्षम व्यवसायी उत्पादन गर्ने उद्देश्यले तयार पारिएको हो । माध्यमिक, स्नातक र स्नातकोत्तर उत्तीर्ण सबै तहका विद्यार्थीका साथै मार्केटिङ प्रबन्धक, कार्यकारी, साना व्यवसायी, उद्यमी र डिजिटल मार्केटिङ क्षेत्रमा काम गर्न चाहने सबैका लागि व्यावसायिक सीप अभिवृद्धिका दृष्टिले यो कोर्स निकै आवश्यक र उपयोगी छ । अक्टुबर, २०२१ को पहिलो हप्तादेखि कक्षा सञ्चालन गर्ने योजनाका साथ जीआईएचईले हाल पहिलो समूहको लागि भर्ना लिइरहेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया