प्रेसिडेन्सियल बिजनेस स्कुलमा आईसीटी स्टार्टअप एन्ड इन्नोभेसन फेस्टको आयोजना
काठमाडौं । स्वदेशमै केही नयाँ तथा इन्नोभेटिभ काम गर्न प्रयासरत युवालाई प्रोत्साहन गर्ने उद्देश्यले शनिबार अर्थात् असोज १६ गते काठमाडौँको प्रेसिडेन्सियल बिजनेस स्कुलमा आईसीटी स्टार्टअप एन्ड इन्नोभेसन फेस्टको आयोजना भएको छ । लिभिङ विथ आईसीटीको आयोजना तथा एफवान सफ्टको मुख्य सहकार्यमा भइरहेको आईसीटी अवार्ड २०२१ अन्तर्गत उत्कृष्ट स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसनहरूको फेस्टमा सहभागिता रहनेछ ।
आईसीटी अवार्डको छैटौं संस्करणअन्तर्गत केही समयअघि अनलाइन आवेदन खुला गरिएको थियो । विभिन्न ११ विधामा तीन सय ५० भन्दा बढीको अनलाइन आवेदन प्राप्त भएको र त्यसमध्ये स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड विधामा दुई चरणको छनोटपश्चात् छानिएका उत्कृष्ट १० प्रतिस्पर्धीहरूले फेस्टमा आफ्नो प्रडक्ट तथा इन्नोभेसन प्रस्तुत गर्नेछन् । प्रदर्शनीमा ४० बढी स्टार्टअप तथा इन्नोभेसनको स्टल रहनेछ । फेस्टअन्तर्गत नै शुक्रबार मेन्टरिङ सेसन समेत सञ्चालन गरिँदै छ । नेपाल आन्टरप्रेनर्स हबका सहसंस्थापक सुमन शाक्य, हाम्रो पात्रोका संस्थापक शंकर उप्रेती र एप्लाइ जबका अध्यक्ष राजेन्द्र गिरीले स्टार्टअपहरूलाई मेन्टरिङ गर्नेछन् ।
एफवान सफ्ट आईसीटी अवार्ड २०२१ इन एसोसिएसन विथ जिनस, पावर्ड वाइ ह्वावे कार्यक्रममा विभिन्न ३ विधामा उत्कृष्ट १० तथा ११ को नाम घोषणा गरिएको छ । आईसीटी अवार्डको जुरी समितिले स्टार्टअप आईसीटी अवार्ड उत्कृष्ट १० तथा राइजिङ स्टार इन्नोभेसन र प्रोडक्ट आईसीटी अवार्डको उत्कृष्ट ११ को नाम सार्वजनिक गरेको हो । जुरी समितिले विभिन्न चरणको मूल्यांकनपश्चात् उत्कृष्ट १० र ११ को घोषणा गरेको हो । लिभिङ विथ आईसीटी आयोजना गरेको आईसीटी अवार्डमा सूचना प्रविधि क्षेत्रका १२ जना विज्ञहरूको जुरी समिति र १५ जनाको विशिष्ट सल्लाहकार समिति गठन गरिएको छ ।
स्टार्टअप आईसीटी अवार्डको उत्कृष्ट १० मा बगभी सफ्टवेयर टेक्नोलोजिज प्रालि, दुल्वा एक्सपेन्डिचर, हाम्रो लाइफ बैंक, हाउस अफ बुक्स प्रालि, काल्की आईओटी सोलुसन प्रालि, खेती भेन्चर्स प्रालि, निर्माण साथी टेक्नोभेसन प्रालि, पु¥याउ सर्भिस प्रालि, सजिलो ट्रिप प्रालि, युजी बजार प्रालि पर्न सफल भएका छन् ।
त्यस्तै राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्डको उत्कृष्ट ११ मा एग्रिक्लियर, आस्क म्याटरब, डिजिज प्रेडिक्सन इन मेज प्लान्ट, इन स्याट, आईओटीमा आधारित इकोनोमिकल एयर प्युरिफायर, मेडिकोज इन्टरनेशनल, मुशुर, ओपन पास्ट पेपर, पीके एग्रो ब्लकचेन र रेन्ट अन बाइक परेका छन् । त्यसैगरी प्रडक्ट आईसीटी अवार्डको उत्कृष्ट ११ मा बाटो, बगभी, आईएमएस डिस्ट्रिब्युसन म्यानेजमेन्ट प्रालि, खेती फुड एप एन्ड खेती फार्म एप, मिखा, एनआईसी एसिया आईसर्भ, प्यान्टस्याट, राहत, सायक, स्मार्ट वेल्थ प्रो र युजी बजार रहेका छन् ।
उत्कृष्ट १० मा पर्न सफल सहभागीहरूले स्टार्टअप एन्ड इन्नोभेसन फेस्टमा सहभागी हुन पाउनेछन् । यसैगरी प्रिजेन्टेसन तथा स्पिड डेटिङ सेसनमा सहभागी भएर उत्कृष्ट पाँच छानिने आयोजकले जानकारी दिएको छ । उत्कृष्ट पाँचबाट सर्वोत्कृष्ट छनोट गर्न पब्लिक भोटिङ र फिल्ड भिजिट पनि सञ्चालन हुनेछ । यसैगरी अन्य आठ विधामा जुरी समितिले विभिन्न चरणमा छनोट प्रक्रिया अघि बढाउनेछ ।
आईसीटी अवार्डमा स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्डका अन्य विधाहरूमा पायोनियर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड, आन्टरप्रेनर आईसीटी अवार्ड र वुमन आइकन आईसीटी अवार्ड रहेका छन् । यसैगरी डिजिटल गभर्नेन्स आईसीटी अवार्ड, डिजिटल सर्भिसेस आईसीटी अवार्ड र डिजिटल एजुकेसन आईसीटी अवार्ड पब्लिक र प्राइभेट सेक्टर रहेका छन् । आईसीटी अवार्ड २०२१ को ग्राण्ड फिनाले कार्यक्रम डिसेम्बर १७ को दिन सोल्टी होटलमा आयोजना हुनेछ ।
यस वर्ष अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै राष्ट्रिय वाणिज्य बैंकबाट १५ लाखसम्म विनाधितो सहुलियत ऋण सुविधा, स्टार्टअप र आइडियामा लगानीको अवसर र अन्य महत्वपूर्ण सेवा तथा सुविधाहरू प्राप्त गर्नेछन् । पावर्ड वाई स्पोन्सर ह्वावेले स्र्टाअप आईसीटी अवार्ड विधाको विजेतालाई तीन लाखबराबरको हुवावेका महत्वपूर्ण सेवाहरू प्रदान गर्नेछ ।
यस वर्ष आईसीटी अवार्डको शीर्ष प्रायोजक एफवान सफ्ट, इन एसोसिएसन विथमा जिनस, पावर्ड वाइ ह्वावे, बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बैंक, नलेज पार्टनर प्रेसिडेन्सियल विजनेश स्कुल, साइबर सेक्युरिटी पार्टनर इमिनेन्स बेइज, इन्टरनेट पार्टनर डिसहोम फाइबर, कम्युनिटी पार्टनर हाम्रो पात्रो रहेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
- इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया