सल्लेरी । जिल्लाको सल्लेरीमा चाडपर्वलक्षित बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयदेखि आवाडाँडासम्मको २४ वटा पसलमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाले जानकारी दिइन् । उक्त पसलबाट चक्लेट, थुक्पा, मसला, कोक, फेन्टा, सस र कस्मेटिक सामान गरी करिब ५४ हजार तीन सय ७१ रुपैयाँबराबरको म्याद नाघेका सामग्री फेला परेको अनुगमन टोलीले जनाएको छ ।
ती सामग्री जफत गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिइन् । चाडपर्वको समयमा कालोबजारी तथा म्याद गुज्रिएका खाद्यवस्तु बिक्री हुनसक्ने कुरालाई मध्यनजर राख्दै बजार अनुगमन गरिएको उनको भनाइ छ । लामो समयदेखि बजार अनुगमन नभएको भन्दै उपभोक्ताले गुनासो गर्दै आएका थिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया