ग्राहकहरूलाई सिटी सेन्टरको चाडपर्व उपहार
काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरले दशैँ तिहारलक्षित योजनाहरु ल्याएको छ । शपिङ्ग मलमा आउने ग्राहकहरुलाई सुविधा प्रदान गर्ने उद्देश्य राखी सिटी सेन्टरले यो योजना ल्याएको हो । किनमेल गर्ने ग्राहकहरुलाई मात्र योजनामा सामेल गर्ने प्रचलन रहेकोमा सिटी सेन्टरले यसपालिको चाडपर्व योजनामा दायरा फराकिलो पारेको छ ।
असोज १६ गतेदेखि सुरु भएको यस योजनाबाट सिटी सेन्टरमा भिजिट गर्ने जो–कसैले यो योजनामा सामाले हुनपाउने सिटी सेन्टर व्यवस्थापनले जनाएको छ । शपिङ्गमलमा आउने ग्राहकलाई डेल्ली लक्की ड्र, शपिङ्ग भौचरका साथै विक्ली लक्की ड्र तथा ग्राण्ड लक्की ड्रमा समावेश गराइने छ । लक्की ड्रको कुपनमार्फत विजेताका लागि चितवन, पोखरा लगायतका ठाउँमा रहेको होटलमा खाने बस्ने व्यवस्था प्रदान गरिनेछ ।
यसबाहेक सिटी सेन्टरमा रहेका व्यवसायीहरुले यस पावन अवसरमा ५० प्रतिशतसम्मको छुट, बाइ वान गेट वान फ्रीलगायतका अन्य आकर्षक छुट तथा योजनाहरु समेत प्रदान गर्नेछन् । विश्वभर फैलिएको महामारीलाई मध्यनजर गर्दै जनस्वास्थ्य मापदण्डलाई पूर्णपालनामा जोड दिएर, सरकारी निर्देशनअनुसार सिटी सेन्टर पुनः सञ्चालनमा ल्याएको हो । यसै अवसरमा नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा सिटी सेन्टरमा स्वदेशी उत्पनदनको मेला समेत सुरु भएको छ ।
असोज २१ गतेबाट सिटी सेन्टरमा रहेका तीनवटै फिल्म हल पुनः सञ्चालनमा आउने सिटी सेन्टरले जनाएको छ । चाडपर्वलक्षित मलको योजना एवं फिल्म हल सञ्चालनमा आएपछि ग्राहकको आकर्षण बढ्नेमा सिटी सेन्टर व्यवस्थापन विश्वस्त रहेको छ । यो योजना २४ कात्तिक २०७८ (छठ पर्व) सम्म चल्ने सिटी सेन्टरद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
- ज्योति विकास बैंक सम्मानित
- मानव तस्करीमा मुछिएका ११ जना विरुद्ध मुद्दा पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति !
- राहदानी प्रणालीमा ‘र्यान्समवेअर’ आक्रमण भएको कसरी थाहा भयो, कहिलेदेखि सबैतिर सेवा सुरु हुन्छ?
- श्रीलंकाको विद्युत् पूर्वाधारका लागि एडीबीले २० करोड डलर ऋण दिने
- युक्रेनद्वारा रूसी तेल तथा ऊर्जा केन्द्रमा प्रहार
- बदलिँदै दुर्गमको परिचय
- चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया