अन्धविश्वासको कारण महिलाको हत्या गरेको अभियोगमा पक्राउ
ललितपुर । सुनकोठी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–९ घर भएकी ४५ वर्षीया कमला तामाङको डोरीले घाँटी कसेर हत्या गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुर हरिसिद्धि नयाँबजार बस्ने मकवानपुर राक्सीराङ गाउँपालिका–५ प्याङचे टोल घर भएका २३ वर्षीय सविन प्रजा, ललितपुर हरिसिद्धि बस्ने मोरङ पथरी शनिस्चरे नगरपालिका–८ मंगलबारे घर भएका २० वर्षीय सुमुन मगर र १८ वर्षीया किशोरी रहेका छन् ।
भदौ २५ गते बिहान कमलाको डोरीले घाँटी कसी हत्या भएको घटनाको थप अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा मीनभवन र महानगरीय प्रहरी वृत्त चापागाउँ ललितपुरबाट खटिएको प्रहरीले हत्यामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
सविन र सुमनले मानिस पासो लागी मरेको डोरी, राम लक्ष्मण र हनुमान भएको पुराना सिक्का, दाहिने शंख, चट्याङ परेको ढुङ्गा लगायतका वस्तुहरु महत्वपूर्ण हुने र करोडौं रुपैयाँमा बिक्री हुन्छ भन्दै अन्धविश्वासमा परी त्यस्तो डोरी प्राप्त गरी रकम आर्जन गर्ने उद्देश्यले सुमनको पूर्व चिनजानकी टहरामा एक्लै बस्ने कमलालाई गत भदौ २४ गते साँझ टहरामा गई खानपीन गरी सुत्ने बेलामा घाँटीमा डोरीले कसी हत्या गरेपछि उनले लगाएको गहना र मोबाइल समेत लुटी फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
- इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया