दोलखा । दोलखाको पर्यटकीय नगरी जिरीमा बागमती प्रदेशभित्रका गाउँपालिका सहभागी हुनेगरी गाउँपालिकास्तरीय जिरी च्याम्पियनसिप २०७८ प्रतियोगिता आयोजना हुने भएको छ । खेलकुद क्षेत्रको विकासमा सक्रिय रहेको संस्था युवा सञ्जाल जिरीको आयोजना तथा जिरी नगरपालिका र दोलखा समाज जापानको समन्वयमा भलिबल खेल र म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्रज्योति खड्काले जानकारी दिए ।
गत वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेल आयोजना गर्दै आएको युवा सञ्जाल जिरीले यस वर्ष पनि बागमती प्रदेशभित्र रहेका अन्तरपालिका भलिबल तथा खुला म्याराथन प्रतियोगिता गर्न लागेको हो । खेल आगामी कात्तिक १२ गतेदेखि १५ गतेसम्म चल्ने खेल आयोजक समितिले जनाएको छ ।
खेलमा बागमती प्रदेशभित्रका सबै गाउँपालिकाले भाग लिन पाउनेछन् । भलिबल खेल लिगकम नकआउटको आधारमा खेलाइने खेल आयोजकले जनाएको छ । पर्यटकीय हिसाबले अब्बल सम्भावना बोकेको जिरीलाई खेलकुद क्षेत्रमा विकास गर्ने उद्देश्यले खेल आयोजना गरिएको हो । जिरी नगरपालिकाको पर्यटन तथा खेलकुद विकास, वातावरण संरक्षण एवं सुशासनको क्षेत्रमा युवा सञ्जाल जिरी क्रियाशीला रहेको छ । सञ्जालले यसअघि पनि दोलखा जिल्लाकै सर्वाधिक धनराशि भएको जिरी च्याम्पियनसीप, राष्ट्रिय हुचिल तथा लाटोकोसेरो उत्सव, जिरी स्ट्रिट फुड फेस्टिभललगायतका कार्यक्रम गरिसकेको छ ।
कोरोना भाइरसको महामारीले विगत दुई वर्षदेखि थलिएको खेलकुद क्षेत्रलाई दोलखामा चलयमान बनाउन पनि यो खेल महत्वपूर्ण भएको आयोजक समितिले जनाएको छ । कोरोनाले ठप्प बनेको जिरीको पर्यटन, ब्यापार व्यवसायलाई पुनः चहलपहल र पुरानो लयमा फर्काउन जिरी च्याम्पियनसीपले थप ऊर्जा थप्ने आयोजक समितिको विश्वास छ ।
समितिले भलिबल खेलतर्फा प्रथम पुरस्कार नगद एक लाख, द्वितीय पुरस्कार ५० हजार, तृतीय पुरस्कार २५ हजार र सान्त्वना पुरस्कार १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र दिने घोषणा गरेको छ । त्यसैगरी म्याराथानतर्फ प्रथम पुरस्कार नगद २० हजार, द्वितीय पुरस्कार १० हजार र तृतीय पुरस्कार पाँच हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र दिने आयोजकले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
- बाँसझ्याङमा सात क्विन्टल लसुन भेटियो
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया